• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बुधवारको खेलमा फत्तेपुर क्रिकेट टिम विजयी

बुधवारको खेलमा फत्तेपुर क्रिकेट टिम विजयी

राजविराज, २९ मंसिर । सप्तरीको रुपनीमा सञ्चालित रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा फत्तेपुर क्रिकेट टिम विजयी भएको छ ।
फत्तेपुरले रुपनी ‘बि’लाई १ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेको फत्तेपुर टिम निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ७७ रन बनायो । उसका लागि चन्द्र प्रकाशले ४७ तथा पोलार्ड ३५ र शंकर राउतले २८ रनको योगदान दिए । बलिङ्गतर्फ रुपनी बी का राजलाल चौधरीले तीन विकेट लिए ।
जवाफमा व्याटिङ्ग गर्न आएको रुपनी ‘बी’ १३ ओभरमा अलआउट हुँदासम्म ५६ रनमै समेटियो । उसकालागि प्रभु यादवले २० रन बनाउनुबाहेक दोहोरो अंक कसैले बनाउन सकेनन् । खेलको म्यान अफ द म्याच विजयी टिमका पोलार्ड घोषित भए । प्रतियोगिता अन्तर्गत अब पुस २ देखि खेल हुनेछ ।
पुस २ गते हुने खेलमा सुनसरीको इनरुवा र सप्तरीको राजविराजस्थित इभर ग्रीन टिम भिड्ने आयोजक च्याम्पियन्स क्लव रुपनीले जनाएको छ ।