• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

दहेज प्रथा र वाल विवाह विरुद्ध राजविराजमा सडक नाटक

दहेज प्रथा र वाल विवाह विरुद्ध राजविराजमा सडक नाटक

राजविराज, २९ मंसिर । सामाजिक विकृतिको रुपमा रहेको दहेज प्रथा विरुद्ध बुधवार राजविराजमा सडक नाटक प्रर्दशन गरिएको छ ।

युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको आयोजनामा उक्त नाटक प्रदर्शन गरिएको हो । कलाकार जीवछ दासद्धारा निर्देशित उक्त नाटकमा सरस्वती राउत, डिपी शास्त्री, सुभाष यादव, अनिरुद्ध ठाकुर, वरदान श्रेष्ठ, दिलकान्त चौधरी, निशान्त चौधरी, शिवानी, ज्योति मगर, विनिता चौधरी, दशनी यादव, पुनिता शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।
‘किशोर किशोरी भए दक्ष बन्छ’ भन्ने मूल नाराकासाथ प्रदर्शन गरिएको नाटकमा समाजमा व्याप्त महिला हिंसा, वाल विवाह, दहेज प्रथा, सरसफाई लगायतका विकृतिहरु विरुद्ध जनचेतना जगाउने काम गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । हालसम्म सप्तरी जिल्लाको विभिन्न स्थानमा उक्त नाटक प्रदर्शन गरिएको छ । बुधवार जिल्लाको पत्थरगाडा, दिघवा, डुमरी शिब्थान र राजविराज गरी चार स्थानमा नाटक प्रदर्शन गरिएको छ ।