• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

मानवअधिकार वर्षपुस्तकमा सप्तरीको कुन–कुन घटना समावेश भए ?

मानवअधिकार वर्षपुस्तकमा सप्तरीको कुन–कुन घटना समावेश भए ?

मनोहर कुमार पोखरेल (इन्सेक, सप्तरी)
मानवअधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला प्रतिनिधिहरुको सहयोगमा देशका ७५ वटै जिल्लामा मानवअधिकार सम्बन्धी गतिविधिहरुको तथ्यगत घटना संकलन, अभिलेखीकरण र प्रसारण कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रिय सन्धी, महासन्धी, देशका विद्यमान कानुनहरुको पालना भए–नभएको लगायतका विषयमा चासो राख्ने इन्सेकले मानवअधिकारसँग सम्बन्धित रहेर कार्यहरु गर्दछ । इन्सेकले मानवअधिकारसँग सम्बन्धित घटनाहरुको संकलन र अनुगमन गर्दै विश्वमा नै उत्कृष्ट र तोकिएको समय फागुन ७ गते मानवअधिकार बर्ष पुस्तक प्रकाशित गर्दै आएको छ । सोही क्रममा गत ०७३ असार १० गते जिल्ला न्यायाधीश महेन्द्र प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा अद्र्धवार्षिक पूर्व समिक्षा सम्पन्न गरिएको थियो । वर्षको दुई पटक समीक्षा गरिने नेपाल मानवअधिकार बर्ष पुस्तकको वार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रम आज गर्न गरिरहेका छौ । इन्सेक सप्तरीले २०१६ मा भएका मानवअधिकार हनन्, उल्लंघन तथा ज्यादतीका घटनाहरुलाई सत्यतथ्य परक तथा पूर्णता र आधिकारिकता दिने उद्देश्यले पूर्व समीक्षा कार्यक्रमको आयोजना गरेको हो ।
सन २०१६ को अवधिमा १ असई, १ बालक, २ बालिका, ४ महिलाको हत्या, बोक्साको आरोपमा १ पुरुषको हत्या, ५ महिलाको बलात्कार, ९ महिलामाथि बलात्कार प्रयास, १७ बालिकाको बलात्कार, ९ बालिकामाथि बलात्कार प्रयासलगायत ३७९ घटना संकलन भए । जसमध्ये बोल्न नसक्ने १ र सुस्त मनस्थितीकी दुई बालिका बलात्कृत भइन् । चार बालिका सामुहिक बलात्कारको शिकार भइन् । बालिका बलात्कार प्रयासका ९ मध्ये ३ वटा सामुहिक बलात्कारका घटना भए ।
बहुविवाहको १५, बालविवाहको २, बिद्यार्थीमाथि कुटपिटको ४, गर्भपतनको ३, कथित बोक्सी आरोपको ५ घटना भए । महिलामाथि पतिसहित घरपरिवारका सदस्यहरुबाट गालीगलौज, कुटपिट, दुव्र्यवहार, घरनिकालाका २८३ घटना संकलित भए । जसमध्ये महिला तथा बालबालिका सेवा केन्द्रमा मात्र परेका १७२ मध्ये आधामा सहमति भयो । अदालतमा घरेलु हिंसा, मानाचामल, नाताकायम, सम्बन्ध विच्छेदका उजुरी संख्यामा उल्लेख्य बृद्धि देखिएको छ ।
राज्यबाट यातनाको १, बम प्रहारको ४, अभिव्यक्ति स्वतन्त्रतताका ५, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी ३, प्रधानाध्यापकमाथि र पत्रकारहरुमाथि कुटपिटका १÷१ घटना भयो । मधेसी मोर्चाले प्रमुख तीन दल तथा संयुक्त लोकतान्त्रिक मोर्चाले एमालेलाई कार्यक्रम गर्न नदिने भनी यसै अवधिमा बिज्ञप्ति जारी ग¥यो । राजनीतिक दलको कार्यक्रम, प्रधानाध्यापक र अभिभावकहरुको आपसी द्वन्द्वले बेला बेलामा विद्यालयको पठनपाठन प्रभावित बन्न पुग्यो । कुपोषणका कारण डाढाँमा एक बालकको ज्यान गयो अन्य केहीको जीवन संकटमा छ । अस्पताल सुधारको विषयलाई लिएर नेसपा गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी १८ दिनसम्म अनसनमा बसे । पढने उमेरका एक बालक र एक दुधे बालिका कारागारमा आश्रित जीवन बिताउन बाध्य छन् ।
नागरिक तथा राजनीतिक अधिकार
अभिव्यक्ति, भेला हुने र संगठित हुने अधिकार
(राजनीतिक स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष चुनावसमेत)
हत्या÷घाइते
अभिलेख नम्बर ः ३७४
डाँढा गाविस–८ मनियारी पर्साही मुसहरी टोलका ६५ वर्षीय खटर सदालाई सुतिरहेका बेला कथित बोक्सोको आरोपमा सोही ठाउँका ६१ वर्षीय भोला सदाले ०७३ मंसिर २ गते राति सिलौटाले प्रहार गरी हत्या गरेको भन्दै मृतककी पत्नी ५५ वर्षीया खिखरीदेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७३ मंसिर ३ गते उजुरी दिइन् । आरोपित सोही दिन गिरफ्तार भए । जिल्ला न्यायाधीश राजेश कुमार काफ्लेको आदेशमा आरोपित पुपक्षर््ाका लागि मंसिर २२ गतेदेखि राजविराज कारागारमा थुनामा थिए ।

बम प्रहार
अभिलेख नम्बर ः ३७६
राजविराज नपा–१ स्थित जिल्ला प्रशासन कार्यालयमा ०७३ मङ्सिर १२ गते डिस्पोज गर्न खोजिएको कुकर बम विष्फोट हुँदा ४ जना सुरक्षाकर्मी घाइते भए । जस्को जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लियो । प्रहरीले बम विष्फोट गराएको आरोपमा प्रसवनी गाविस–७ घर भई राजविराज नपा–५ बस्ने ३० वर्षीय भवानीप्रसाद अरगरिया यादव र सिरहाको गौरीपुर गाविस–५ का ५० वर्षीय नथुनी यादवलाई मंसिर १८ गते गिरफ्तार ग¥यो ।
बालअधिकार
हत्या÷हत्या प्रयास
अभिलेख नम्बर ः २५२
तरही गाविस–८ की १५ वर्षीया चन्दन कुमारी सदालाई तरही गाविस–८ का १८ वर्षीय चनरदेव सदा, १८ वर्षीय चन्दन सदा र १९ वर्षीय ओमप्रकाश सदाले ०७३ साउन १२ गते बलात्कार गरी हत्या गरेको भन्दै मृतकका बुवा नसिब सदाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७३ साउन १२ गते उजुरी दिएका थिए । उजुरी साउन ३० गते दर्ता भएको थियो । मृतकको राजविराज नपा–३ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा ०७३ साउन १३ गते पोष्टमार्टम भएको थियो । आरोपितमध्ये चनरदेवलाई प्रहरीले ०७३ भदौ २८ गते गिरफ्तार गरेको थियो । पीडितले आत्महत्या गरेको हुन सक्ने भन्दै आरोपितले आफुविरुद्ध झुठा मुद्दा लगाइएको बताए । जिल्ला न्यायाधीश कुल प्रसाद शर्माको इजलाशले आरोपित ०७३ असोज १३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
अभिलेख नम्बर ः ३०३
हनुमाननगर योगिनीमाई नपा–४ की दुई वर्षीया प्रमीला कुमारी मण्डललाई उनका आमा २५ वर्षीया रानीदेवी मण्डल र उनका प्रेमी मलेकपुर गाविस–१ का २९ वर्षीया शिवशंकर मालीले ०७३ साउन १२ गते हत्या घटना गरे । रानीका पति ३४ वर्षीया सुर्यनारायण मण्डलले जिल्ला प्रहरी कार्यालयमा साउन ३० गते उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले साउन ३० गते उजुरी दर्ता गरी खोजतलाश गर्दा रानीलाई उनका प्रेमी शिवशंकरसहित असोज १२ गते गिरफ्तार गरेको थियो । मृतकको लाश फेला परेको छैन् । जिल्ला न्यायाधीश राजेश काफ्लेको आदेशले आरोपितहरु पुर्पक्षका लागि कात्तिक ८ गतेदेखि राजविराज कारागारमा थुनामा थिए ।
बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार
अभिलेख नम्बर ः २३६
नेंगडा गाविस–९ की १३ वर्षीया बालिकालाई सोही ठाउँका ३५ वर्षीय बिजली रामले ०७२ चैत १० गते साँझ खेलीरहेका बेला घरभित्र लगी कपडा च्याती बलात्कार प्रयासको घटना गरे । बालिकाले चिच्याएको अन्य व्यक्तिले सुनेर आएपछि फरार भएका आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । पीडित पक्षले इलाका प्रहरी कार्यालय कल्याणपुरमा दिएको उजुरी ०७२ चैत २६ गते दर्ता भएको थियो । जिल्ला अदालतका स्रेस्तेदार नरेन्द्र कुमार श्रेष्ठको आदेशमा ०७३ असोज १३ गते फरार आरोपितविरुद्ध म्यादी पुर्जी जारी भएको थियो ।
अभिलेख नम्बर ः २११
आठ वर्षीय एक बालकलाई १६ वर्षीय अर्का एक बालकले लोहजरा गाविस–५ स्थित जगदीश मण्डलको गुहाली घरमा ०७३ असार १८ गते दिउँसो १ बजे यौनक्रिया गरे । पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरी असार २४ गते दर्ता भएको थियो । पीडितको धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार २३ गते स्वास्थ्य परिक्षण भएको थियो । असार २४ गते गिरफ्तार भएका आरोपित जिल्ला न्यायाधीश शंकर बहादुर राईको इजलाशले साउन २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
अभिलेख नम्बर ः २१३
११ वर्षीया सुस्त मनस्थितीकी एक बालिकालाई मैनाकडेरी गाविस–२ का ६१ वर्षीय फागु मण्डलले मैनाकडेरी गाविस–३ स्थित महुली खोला किनारमा ०७३ असार १८ गते दिउँसो साढे ३ बजे बलात्कार गरे । पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरी असार २८ गते दर्ता गरी सोही दिन आरोपितलाई गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश शारदा प्रसाद कोइरालको इजलाशले आरोपित साउन २१ गतेदेखि पुपक्र्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
अभिलेख नम्बर ः २१८
१६ वर्षीया एक बालिकालाई टिकुलिया गाविस–४ का २५ वर्षीय धनविर मण्डलले टिकुलिया गाविस–४ मा ०७३ असार २३ गते बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको उजुरी असार ३० गते दर्ता भएको थियो । पीडितको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार ३० गते स्वास्थ्य परिक्षण भएको थियो । विवाहको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाई असार ३० गते गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश बिनोद कुमार गौतमको आदेशले आरोपित साउन २३ गतेदेखि पुपक्र्षका लागि राजविराज कारागारमा थुनामा थिए । पीडित होस्टाइल भएपछि जिल्ला न्यायाधीश गौतमको इजलाशले आरोपितलाई भदौ ३० गते सफाई दिने फैसला गरेको थियो ।
अभिलेख नम्बर ः २२७
१५ वर्षीया एक बालिकालाई कञ्चनरुप नपा–७ का ४३ वर्षीय बलदेव सरदारले कन्चनरुप नपा–५ स्थित चन्द्र नहरको डिलमा ०७३ असार २८ गते राति ९ बजे बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार २९ गते दिएको उजुरी सोही दिन दर्ता भएको थियो । प्रहरीले आरोपितलाई असार ३० गते गिरफ्तार गरेको थियो । आरोपितले रु. पाँच सय दिएर सहमतिमा यौन सम्बन्ध राखेको बताए । जिल्ला न्यायाधीश शारदा प्रसाद कोइरालाको इजलाशले आरोपित साउन २४ गतेदेखि राजविराज कारागारमा थुनामा थिए । पीडित होस्टाइल भएपछि जिल्ला न्यायाधीश कोइरालाको इजलाशले आरोपितलाई मंसिर २० गते अभियोग दाबीबाट सफाई मिलेको थियो ।
अभिलेख नम्बर ः २२८
१५ वर्षीया एक बालिकालाई कन्चनरुप नपा–९ का २१ वर्षीय अशोक प्रसाद साह र १८ वर्षीय सियाराम रामले असार २८ गते राति ११ बजे पूर्व–पश्चिम राजमार्गअन्तरगत कन्चनरुप नपा–७ रघुनाथपुरस्थित टीका रोकाको आँप बगैचामा लगेर पालैपालो बलात्कार गरेको भन्दै प्रहरीले तत्कालै पक्राउ गरेको थियो । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार २९ गते दिएको उजुरी सोही दिन दर्ता भएको थियो । पीडितको धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार २९ गते स्वास्थ्य परिक्षण भएको थियो । प्रहरीले आरोपितहरुलाई अपहरण तथा बलात्कार मुद्दामा असार ३० गते मुद्दा दर्ता गरेको थियो । जिल्ला न्यायाधीश पशुपति आचार्यको आदेशले आरोपित पुपक्र्षका लागि साउन २३ गतेदेखि राजविराज कारागारमा थुनामा थिए । पीडित होस्टाइल भएपछि जिल्ला न्यायाधीश पशुपति आचार्यको इजलाशले आरोपितमाथिको दाबी नपुग्ने भन्दै ०७३ कात्तिक ३० गते सफाई दिएको थियो ।
अभिलेख नम्बर ः २३५
चौदह वर्षीया बालिकालाई डाँढा गाविस–५ का २५ वर्षीय रोजित मियाँले साउन ३ गते मोटरसाइकलमा चढाई कोशी व्यारेज हुँदै भारतको विरपुर लगेर साउन ६ गतेसम्म सहमतिविपरित बलात्कार गरेको पीडितले बताइन् । इलाका प्रहरी कार्यालय भारदहले साउन ७ गते पीडित फेला परेको खबर गरेपछि उनका बुवाले घर ल्याएर सोधपुछ गर्दा घटनाबारे जानकारी पाएको बताए । पीडितका वुवाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले साउन १९ गते पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण गरेको थियो ।
अभिलेख नम्बर ः २८८
१३ वर्षीया बालिकालाई कञ्चनरुप नपा–५ स्थित खेतमा कञ्चनरुप नपा–५ का २२ वर्षीय संजय कुमार साह र १८ वर्षीय संजिब यादवले ०७३ भदौ ६ गते राति अपहरण गरी बलात्कार प्रयासको घटना गरे । पीडितकी आमाले आरोपितहरुविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ ७ गते उजुरी दिएकी थिइन् । आरोपितमध्ये साहलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको थियो । अर्का आरोपित यादव फरार रहेका छन् । जिल्ला न्यायाधीश इश्वरी प्रसाद गौतमको इजलाशले भदौ २७ गते आरोपित साह पुपक्र्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
अभिलेख नम्बर ः २८९
पन्द्रह वर्षीया बालिकालाई धनगढी गाविस–१ का २१ वर्षीय रोशन कुमार साहले घरमा कोही नभएको बेला घरनजिकैको आँप बगैचामा लगेर ०७३ भदौ ६ गते बिहान ९ बजे बलात्कारको घटना गरे । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको उजुरी भदौ १० गते दर्ता गरी आरोपितलाई गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परिक्षण रामकुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा भदौ १० गते भएको थियो । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित पुपक्र्षका लागि ०७३ असोज ४ गतेदेखि राजविराज कारागारमा थुनामा थिए ।
अभिलेख नम्बर ः २९९
आठ वर्षीया एक बालिकालाई बाख्रा चराउन गएका बेला बननियाँ गाविस–८ कमलपुरका १९ वर्षीय महबुद मियाँ र १३ वर्षीय दुई बालकले बननियाँ गाविस–८ स्थित नहरको कल्भर्टमुनी ०७३ भदौ १५ गते बलात्कार घटना गरे । नहरमा नुहाउन लगी आरोपितहरुले बलात्कार गरेको भन्दै पीडितका आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७३ भदौ १५ गते उजुरी दिएपछि प्रहरीले आरोपितहरुलाई गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश शंकर बहादुर राईको इजलाशले आरोपितहरु नाबालक देखिएको भन्दै भदौ १६ गते छाडन आदेश दिए । आरोपित महबुदको उमेर १९ वर्षको पत्ता लागेपछि प्रहरीले पुनः भदौ २१ गते गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाएको थियो । जिल्ला न्यायाधीश राईको आदेशमा आरोपित महबुद १५ हजार धरौटी राखी असोज १२ गते तारेखमा रिहा भएका थिए । अन्य दुई जना नाबालक साधारण तारेखमा रिहा भएका थिए ।
अभिलेख नम्बर ः ३०७
१३ वर्षीया एक बालिकालाई दौलतपुर गाविस–१ स्थित नमूना सामुदायिक वनमा लगी ०७३ भदौ २२ गते साँझ ६ बजे बलात्कार प्रयास गरेको आरोपमा मल्हनिया गाविस–६ का २१ वर्षीय मिलन कुमार चौधरी र २० वर्षीय सुरज चौधरीलाई इलाका प्रहरी कार्यालय कडरबोनाले गिरफ्तार गरी भदौ २३ गते मुद्दा दर्ता गरेको थियो । पीडितको सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भदौ २३ गते स्वास्थ्य परिक्षण भएको थियो । पीडितका बुवाले आरोपितहरुविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा भदौ २३ गते उजुरी दिएका थिए । आरोपितहरु भदौ २३ गते गिरफ्तार भएका थिए । जिल्ला न्यायाधीश रोशन गजुरेलको आदेशमा आरोपितहरु जनही ५० हजार धरौटी राखी असोज १२ गते तारेखमा रिहा भएका थिए ।
अभिलेख नम्बर ः ३४३
चौदह वर्षीया बालिकालाई हरीहरपुर गाविस–१ का २२ वर्षीय रामनाथ चौधरी, १४ वर्षीय बालक, १८ वर्षीय रबिन्द्र कुमार चौधरी, हरीहरपुर गाविस–२ स्थित एक मोबाइल पसलमा काम गर्ने २१ वर्षीय मनिष राजधामी र एक अपरिचित व्यक्तिले हरीहरपुर गाविस–२ रामजानकी बजारस्थित मोहितलाल चौधरीको घरमा सञ्चालित मोबाइल पसलमा ०७३ असोज २५ गते बलात्कारको घटना गरे । पीडितका काकाले जिल्ला प्रहरी कार्यालयमा असोज २६ गते दिएको उजुरी असोज ३० गते दर्ता भएको थियो । आरोपितहरुमध्ये रामनाथ र नविनलाई प्रहरीले कात्तिक १ गते गिरफ्तार गरेको थियो । अन्य आरोपितहरु गिरफ्तार भएका छैनन् । पीडितको राजविराजस्थित अञ्चल अस्पताल र धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । जिल्ला अदालतले आरोपित रामनाथलाई पुर्पक्षका लागि थुनामा र बालकलाई साधारण तारेखमा राख्ने भनी कात्तिक २६ गते आदेश गरेको थियो । अन्य आरोपितहरुलाई स्रेस्तेदार नरेन्द्र कुमार श्रेष्ठले कात्तिक २५ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो ।
अभिलेख नम्बर ः ३४७
१३ वर्षीया बालिकालाई धनगढी गाविस–८ महनौरीका ३० वर्षीय रामउदगार मण्डल, २२ वर्षीय दशन कुमार मण्डल र १८ वर्षीय संजिब कुमार मण्डलले ०७३ असोज ३० गते विहान ११ बजे बलात्कार प्रयासको घटना गरे । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज ३० गते उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले आरोपितहरु दशन र संजिबलाई कात्तिक ४ गते गिरफ्तार गरी कात्तिक ५ गते मुद्दा दर्ता गरेको थियो । अर्का आरोपित रामउदगार गिरफ्तार भएका थिएनन् । प्रहरी नियन्त्रणमा रहेका आरोपितहरुले रुखको विवादमा झगडा भएपछि कुटपिट भएको बताएका थिए । जिल्ला अदालतको आदेशले आरोपितहरु पुपक्र्षका लागि कात्तिक २५ गतेदेखि राजविराज कारागारमा थुनामा थिए । आरोपित रामउदगारको हकमा म्यादी पुर्जीसहित वारेण्ट जारी भएको थियो ।
अभिलेख नम्बर ः ३६७
बाह्र वर्षीया बालिकालाई रम्पुरा मल्हनिया गाविस–३ का ५५ वर्षीय बिन्दु मुखिया भनिने सहदेव मुखियाले ०७३ कात्तिक १४ गते अपरान्ह बलात्कार प्रयासको घटना गरे । प्रहरीले आरोपितलाई कात्तिक १४ गते राति गिरफ्तार गरेको थियो । पीडितका काकाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएका थिए । जिल्ला न्यायाधीश शंकर बहादुर राइको इजलाशले आरोपित मंसिर ८ गते पुपक्र्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
अभिलेख नम्बर ः ३६८
दश वर्षीया बालिकालाई फर्सेठ गाविस–७ का ६३ वर्षीय मिस्टर मियाँ भनिने मो. जमालले ०७३ कात्तिक १७ गते अपरान्ह बलात्कार प्रयास गरे । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १७ गते मौखिक र कात्तिक १८ गते लिखित उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई कात्तिक १७ गते राति गिरफ्तार गरी उनीविरुद्ध ०७३ कात्तिक १८ गते जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधीश महेन्द्र प्रसाद पोखरेलको आदेशले आरोपित पुपक्र्षका लागि मंसिर १३ गतेदेखि राजविराज कारागारमा थुनामा थिए ।
बालविवाह
अभिलेख नम्बर ०७०
राजविराज नपा–९ की १४ बर्षिया बालिकासँग ०७३ साउन ३ गते तय भएको विवाहको तयारी गरिरहेका बेला पोर्ताहा गाविस–१ का २९ वर्षीय बिजय शर्मा र पीडितकी आमा शिवकुमारी शर्मालाई प्रहरीले साउन २ गते घरबाट गिरफ्तार गरेको थियो । बालिकाकी हजुरबुवा बथनाहा गाविस–९ ढिकलीस्थित लौगी टोलका सुब्बालाल शर्माले दिएको उजुरीपछि प्रहरीले आरोपितहरुलाई गिरफ्तार गरेको थियो । कतारमा रहेका बालिकाका बुवा मंगल शर्मा विवाहका लागि साउन ३ गते राजविराज आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षले कानुनअनुसार उमेर पुगेपछि मात्र विवाह गर्ने लिखित प्रतिबद्धतासहितको सहमति गरेपछि प्रहरीले साउन ४ गते रिहा गरेको थियो ।
अपहरण
अभिलेख नम्बर ः २४७
रौतहट गाविस–२ का आठ वर्षीय सिकेन्द्र कुमार दासलाई सोही ठाउँका उनकै ठूलोवुवाका छोरा १६ वर्षीय जितेन्द्र कुमार दास, १८ वर्षीय दिलिप कुमार दास र देउरी गाविस २ का १५ वर्षीय अरबिन्द कुमार दासले ०७३ साउन ६ गते अपहरण गरे । अपहरणको खबर पाएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले भारतीय सिमानाको कोदरकट्टी बजारमा बालकलाई फेला पार्नुका साथै अपहरणमा प्रयोग भएको स.४प ३९३३ नम्बरको यामाहा मोटरसाइकलसहित अपहरणकारीहरुलाई साउन ८ गते गिरफ्तार गरेको थियो । पीडितकी आमा ३५ वर्षीया आशादेवी दासको उजुरीका आाधारमा अपहरणका आरोपितहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला न्यायाधीश रोशन गजुरेलको इजलाशले आरोपितहरुलाई पुपक्षर््ाका लागि भदौ ३ गते थुनामा पठाउने आदेश गरेको थियो ।
अभिलेख नम्बर ः २७७
नर्घो गाविस–९ की सात वर्षीया सन्तोषी मण्डललाई झुटकी गाविस–७ का ३२ वर्षीय राजेश यादवले ०७३ भदौ १ गते अपहरण गरे । सप्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतको मधुबनी जिल्लाअन्तर्गत लौकही थाना कुरियत पञ्चायतबाट ०७३ भदौ ३ गते उद्धार गरी उनको परिवारका सदस्यलाई जिम्मा लगाइएको थियो । पीडितका बुवा लक्ष्मण मण्डलसँगको रिसइबीका कारण अपहरण गर्ने आरोपित फरार छन् । पीडितका बुवाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध ०७३ कात्तिक १८ गते मानव वेचविखन तथा ओसार पसार मुद्दा दर्ता गरेको थियो ।
कुटपिट
अभिलेख नम्बर ः ३५२
शम्भुनाथ नपा–१ का नौ वर्षीय बलराम यादवलाई शम्भुनाथ नपा–१ स्थित पसले २१ वर्षीय राधेश्याम साह र निजकी आमा ५० वर्षीया सुकुमारी देवी साहले दश रुपैयाँ चोरेको आरोप लगाउँदै ०७३ कात्तिक २ गते बाँधेर कुटपिट गरी निर्मम यातना दिए । शम्भुनाथ नपा–१ स्थित निमावि खोक्सर प्रवाहामा कक्षा ३ मा अध्ययनरत पीडितले कुरमुरे किन्न गएका बेला कात्तिक २ गते पसलबाट दश रुपैयाँ चोरेको आरोप लगाउँदै आरोपितहरुले बिद्यालयबाट नियन्त्रणमा लिई दुबै हात र पाखुरा पछाडी बाँधी घाममा लडाएर आधा घण्टा कुटपिट गरेका थिए । हात र पाखुरामा डोरीको डाम र शरिरको विभिन्न भागमा चोटपटक लागेका पीडितको स्थानीय क्लिनिक र राजविराजस्थित अञ्चल अस्पतालमा उपचार भएको थियो । पीडितका बुवा बिनोद कुमार यादवले जिल्ला बाल कल्याण समिति सप्तरी र महिला तथा बालबालिका सेवा केन्द्रमा कात्तिक २ गते उजुरी दिएका थिए । आरोपितलाई गल्ती स्विकार्न लगाई दुई हजार रुपैयाँ जरिवाना गराएपछि दुबै पक्षबीच कात्तिक ७ गते सहमति भएको थियो ।
कुटपिट
अभिलेख नम्बर ३७७
राजविराज नपा–७ स्थित मनोकामना सेकेन्ड्री स्कुलमा कक्षा ६ मा अध्ययनरत नौ वर्षीय आभाष कुमार मण्डललाई सोही विद्यालयका शिक्षक मुकेश कुमार ईसरले साथीसँग स्केल माँगेको भन्दै ०७३ मंसिर १६ गते कुटपिट गरे । लठठ्ीको कुटाईबाट मण्डलको बाँया आँखामा चोट लागेको थियो । पीडितका दाजु ध्रुब कुमार मण्डलले महिला तथा बालबालिका कार्यालयमा मंसिर १९ गते दिएको उजुरी मंसिर २० गते जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा आवश्यक कारवाहीका लागि पठाइएको थियो । दुबै पक्षबीच भएको छलफलमा शिक्षकले गल्ती स्विकार्दै घटना नदोहोरिने भनी मंसिर २१ गते सहमति गरेका थिए ।
महिलाअधिकार विरुद्ध हुने सबै प्रकारको भेदभाव, दुव्र्यवहार
हत्या
अभिलेख नम्बर ः २७१
टिकुलिया गाविस–७ की ६२ वर्षीया कुलसुम खातुनलाई देवर नाताका सोही ठाउँका ६० वर्षीय नबुजान मियाँ र उनका छोरा ४२ वर्षीय दर्गैया भनिने मो. दरगाहीले ०७३ साउन २६ गते दिउँसो २ बजे गरेको कुटपिटबाट ०७३ भदौ ७ गते मृत्यु भएको थियो । मृतकको राजविराज नपा–३ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा पोस्टमार्टम भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनामा आरोपितहरुविरुद्ध मृतकका ज्वाई २८ वर्षीय मो. सज्जाद आलमले ०७३ साउन २६ गते ज्यान मार्ने उद्योग र छोरा मो. नसरुलले भदौ ७ गते कर्तव्य ज्यानसम्बन्धी उजुरी दिए । आरोपित दरगाहीलाई प्रहरीले साउन २६ गते टिकुलिया गाविस–७ बाट गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश शारदा प्रसाद कोइरालाको इजलाशले आरोपित दरगाहीलाई पुपक्र्षका लागि ०७३ भदौ २१ गते राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेको थियो । अर्का आरोपित नबुजान हालसम्म फेला परेका छैनन् ।
अभिलेख नम्बर ः ३३९
बीस वर्षीया महिलाको हत्या गरिएको अवस्थामा बोरिया गाविस–१ स्थित कोशी दक्षिण नहर पश्चिम घोडदह खोलादेखि पूर्वको चौरमा ०७३ असोज २२ गते लाश फेला परेको थियो । गह्रौ ढुङ्गाले अनुहारमा प्रहार गरी हत्या गरिएको रक्ताम्य अवस्थामा फेला परेको मृत महिलाको घाँटी र शरिरभरी निलडाम रहेको थियो । बलात्कारपछि हत्या गरेको हुन सक्ने सम्भावनाका आधारमा अपरिचित लाशलाई पोष्टमार्टमका लागि असोज २२ गते नै धरानस्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । लाशको साथबाट भारतिय दुई सय र नेपाली ५० रुपैयाँ भेटिएको थियो ।
अपहरण
अभिलेख नम्बर ः ३२१
इनरुवा फुलबडिया गाविस–९ की १७ वर्षीया सिमरन मण्डललाई इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर ४५ वर्षीय सुर्यनारायण यादव, सई ३६ वर्षीय जयप्रकाश साह, प्रहरी हवल्दारहरु दिपेन्द्र यादव र जितु पासवानको पुरुष प्रहरीको टोलीले अदालतको नाताकायमलाई वेवास्ता गर्दै ०७३ भदौ ३१ गते जबरजस्ती घरबाट लगेर बेपत्ता बनाए । पीडितका ससुरा जियाउल हकले राष्ट्रिय मानवअधिकार आयोग जनकपुरमा असोज ७ गते निवेदन दिनुका साथै उच्च अदालतको राजविराज इजलाशमा ०७३ असोज ७ गते नै इप्रका कल्याणपुरका प्रहरीहरु र सिमरनका बुवा मोहित मण्डलकाविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिए । हकले भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी निवेदनमा बुहारी सिमरनलाई सकुशल फिर्ता गर्नुका साथै इप्रका कल्याणपुरका प्रहरीले डराईधम्काई लिएको दुई लाख पाँच हजार फिर्ता पाउन माग गरेका थिए । रकम लेनदेनमा संलग्न सिरहाको लक्ष्मीपुर पतार गाविस–२ का ३९ वर्षीय विष्णु यादवलाई ०७३ असोज ७ गते गिरफ्तार गरी थप अनुसन्धान भएको थियो । पीडितको उजुरी दर्ता नगरेर प्रहरी हिरासतमा राखिएका यादवलाई उच्च अदालतको राजविराज इजलाशको बन्दी प्रत्यक्षीकरण रिटको आदेशमा असोज ११ गते छाडिएको थियो । इन्स्पेक्टर यादवले भने घरबाट बेपत्ता भएकी नाबालिका सिमरनलाई खोजतलाश गरी जिम्मा लगाउन इलाका प्रहरी कार्यालय लहानले पठाएको पत्रअनुसार ०७३ भदौ ३१ गते जिम्मा लगाएको बताएको थियो । पीडित पुनः माइतबाट भागेर पति २० वर्षीय एर्शाद हुसेनसँग छन् ।
बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार
अभिलेख नम्बर ः २०७
बीस वर्षीया महिलालाई शम्भुनाथ नपा–३ का १९ वर्षीय प्रशान्त चौधरी, सोही ठाउँका १८ वर्षीय मिस्टर मियाँ र अन्य अपरिचित चार जनाले शम्भुनाथ नपा–३ स्थित आँपको बगैचामा ०७३ जेठ ७ गते राति ७ बजे बलात्कार गरे । पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले असार १० गते दर्ता गरेको थियो । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असार १० गते स्वास्थ्य परिक्षण भएको थियो । जिल्ला अदालतको आदेशले आरोपितहरुलाई ०७३ मंसिर ६ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो ।
अभिलेख नम्बर ः २२२
कुशहा गाविस–७ घर भई पंसेरा गाविस–७ स्थित माइत विस्थापित १८ वर्षीया महिलालाई अत्याधिक मादक पदार्थ सेवन गरेका उनका २५ वर्षीय पतिले ०७३ असार २५ गते बलात्कारको घटना गरे । माइत बसेकी पीडितकहाँ पुगेका आरोपितले अत्याधिक मादक पदार्थ सेवन गरी एकहोरो जनावर जस्तो शैलीमा इच्छाविपरित जबरजस्ती बलात्कार गरेको भन्दै पीडितले असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित अञ्चल अस्पतालमा असार २८ गते भएको थियो । प्रहरीले आरोपितलाई ०७३ साउन ७ गते गिरफ्तार गरी साउन ९ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । जिल्ला न्यायाधीश शारदा प्रसाद कोइरालाको आदेशले आरोपित पुपक्र्षका लागि साउन २५ गतेदेखि राजविराज कारागारमा थुनामा थिए । पीडित होस्टाइल भएपछि जिल्ला न्यायाधीश शारदा प्रसाद कोइरालाको इजलाशबाट आरोपितले भदौ २१ गते अभियोग दावीबाट सफाइ पाउने फैसला भएको थियो ।
अभिलेख नम्बर ः २३०
बोल्न नजान्ने धनगढी गाविस–४ की २१ वर्षीया महिलालाई घर छेउको आँप बगैचामा लगी धनगढी गाविस–८ का ४० वर्षीय विश्वम्भर चौधरीले असार ३० गते बलात्कार प्रयास गरे । पीडितको वुवाले साउन ५ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिए । प्रहरीले आरोपितलाई कञ्चनरुप नपास्थित उनको भिनाजुको घरबाट साउन ६ गते गिरफ्तार गरी जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन ६ गते भएको थियो । जिल्ला न्यायाधीश राजेश कुमार काफ्लेको आदेशले आरोपित साउन २५ गतेदेखि पुपक्षर््ाका लागि राजविराज कारागारमा थुनामा थिए ।
अभिलेख नम्बर ः २३३
प्यारालाइसिसले अपाङ्ता भएकी ३९ वर्षीया एक महिलालाई खोर्सानी किन्न गएका बेला सप्तकोशी नपा–१० का ४१ वर्षीय व्यापारी दशरथ यादवले पसलभित्र घरमा लगेर ०७३ असार ३१ गते बलात्कारको घटना गरे । पीडितको धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७३ साउन २ गते स्वास्थ्य परिक्षण गरिएको थियो । पीडितले साउन ३ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको लिखित उजुरी प्रहरीले दर्ता गरी सोही दिन आरोपितलाई गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश पशुपति आचार्यको आदेशले आरोपित पुपक्र्षका लागि साउन २६ गतेदेखि राजविराज कारागारमा थुनामा थिए । पीीडत होस्टाइल भएपछि जिल्ला न्यायाधीश आचार्यको इजलाशले आरोपितमाथिको दाबी नपुग्ने भन्दै मंसिर ५ गते सफाई दिने फैसला गरेको थियो ।
अभिलेख नम्बर ः ३१४
२२ वर्षीया महिलालाई कञ्चनरुप नपा–७ रुपनगर विष्णु मन्दिर टोलका २४ वर्षीय हेमराज यादवले पीडितकै घरको छतमाथि ०७३ भदौ २६ गते राति बलात्कार प्रयासको घटना गरे । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा आरोपितविरुद्ध ०७३ भदौ २८ गते उजुरी दिएकी थिइन् । आरोपितलाई गिरफ्तार गरी प्रहरीले ०७३ भदौ २८ गते मुद्दा दर्ता गरेको थियो । पीडितको ०७३ भदौ २८ गते कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परिक्षण गरिएको थियो । मानसिक यातनाबाट प्रताडित पीडितले ०७३ भदौ १३ गते विष सेवन गरी आत्महत्याको प्रयास गरेपछि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । जिल्ला न्यायाधीश कुल प्रसाद शर्माको आदेशमा आरोपित १९ हजार धरौटी राखी असोज १२ गते तारेखमा रिहा भएका थिए ।
अभिलेख नम्बर ः ३२७
२६ वर्षीया महिलालाई कञ्चनरुप नपा–२ बरमझियाका जेठाजु नाताका ३३ वर्षीय रामानन्द भनिने रामनन्दन दास तत्माले ०७३ असोज ५ गते विहान ३ः३० बजे बलात्कारको घटना गरे । पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असोज ५ गते उजुरी दिइन् । पीडितको धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज ५ गते स्वास्थ्य परिक्षण भएको थियो । इलाका प्रहरी कार्यालयले असोज ११ गते मुद्दा दर्ता गरी आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश शंकर बहादुर राईको इजलाशले आरोपित साह ०७३ कात्तिक २ गते देखि पुपक्र्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

अभिलेख नम्बर ः ३४४
अठार वर्षीया युवतीलाई सुतिरहेका बेला उनकै कोठामा भारदह गाविस–५ का २१ वर्षीय दिपक कुमार मलाहाले ०७३ असोज २५ गते राति बलात्कार प्रयासको घटना गरे । पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरी असोज २९ गते दर्ता भएको थियो । प्रहरीले आरोपितलाई असोज २९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतका न्यायाधीश शंकर बहादुर राईको इजलाशले आरोपित पुर्पक्षका लागि कात्तिक २४ गतेदेखि राजविराज कारागारमा थुनामा थिए ।

अभिलेख नम्बर ः ३४५
तीस वर्षीय एक महिलालाई नकटी रायपुर गाविस–८ का ३१ वर्षीय नजिर भनिने मोहम्मद नसिर मियाँले शम्भुनाथ नपा–१ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको गोबिन्द चोकमा असोज २६ गते बिहान ३ बजे बलात्कार प्रयासको घटना गरे । पीडितले असोज २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा असोज ३० गते जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरी आरोपितलाई कात्तिक १ गते गिरफ्तार गरिएको थियो । जिल्ला अदालतको आदेशले आरोपित पुपक्र्षका लागि कात्तिक २५ गते रु. १५ हजार धरौटी राखेर रिहा भए ।
अमानविय व्यवहार
अभिलेख नम्बर ः ३३४
शम्भुनाथ नपा–६ कठौना टोलकी ३२ वर्षीया पविता देबी चौधरीलाई सोही ठाउँका ४५ वर्षीय नेपाली भनिने घनश्याम चौधरीलगायतकाले कथित बोक्सी आरोप लगाई ०७३ असोज १२ गते राति कुटपिट गरेका थिए । आरोपितकी छोरी १२ वर्षीया मिनु कुमारी चौधरीलाई बिरामी बनाएको भन्दै झारफुक गर्न घरमा बोलाएको धामीले इशारा गर्नासाथ आरोपितले लाठी प्रहार गरी शरिरमा जत्रतत्र कुटपिट गरेको भन्दै पीडितले ०७३ असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । कुटपिटबाट बेहोस भएकी पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको थियो । जिल्ला प्रहरी कार्यालयले असोज १८ गते मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले फरार आरोपितहरुको नाममा मंसिर १९ गते म्यादी पुर्जी जारी गरेको थियो ।
कथित बोक्सी ः
अभिलेख नम्बर ः ३३६
महदेवा गाविस–७ की ४० वर्षीया बुधनीदेवी सुतिहारलाई कथित बोक्सी आरोप लगाई ०७३ असोज १५ गते कुटपिट गरेको आरोपमा सोही ठाउँका उनका जेठाजु ५८ वर्षीय सिताराम सुतिहार, निजकी पत्नी ४० वर्षीया शान्तिदेवी सुतिहार र निजहरुका छोरा १८ वर्षीय रामदेव सुतिहारविरुद्ध जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते मुद्दा दर्ता गरेपनि पक्राउ परेका छैनन् ।
अभिलेख नम्बर ः ३४६
इटहरी विष्णुपुर गाविस–१ की ३५ वर्षीया जानकीदेवी मण्डललाई कथित बोक्सी आरोप लगाई ०७३ असोज २८ गते अभक्ष खुवाउने प्रयास गरेको आरोपमा बरही विरपुर गाविस–१ घर भई हाल इटहरी विष्णुपुर गाविस–१ जोलहनिया चउरीमा घर बनाई बसेका ५५ वर्षीय ननीलाल मुखिया, निजको छोरा ३२ वर्षीय चन्दर भनिने चन्देश्वर मुखिया र उनकी पत्नी ३० वर्षीया चन्द्रिका देवी मुखियाविरुद्ध जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते मुद्दा दर्ता गरेपनि पक्राउ परेका छैनन् ।
अभिलेख नम्बर ः ३५४
भगवतपुर गाविस–१ की ३४ वर्षीया प्रमिलादेवी रामलाई कथित बोक्सी आरोप लगाई कात्तिक ३ गते गालीगलौज गर्नुका साथै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४० वर्षीय सुखराम राम र निजकी पत्नी ३६ वर्षीया रामवती रामविरुद्ध जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते मुद्दा दर्ता गरेपनि पक्राउ परेका छैनन् ।
बहुविवाह
अभिलेख नम्बर ः २४१
पटेर्वा गाविस–८ की ३० वर्षीया सबितरदेवी रामका पति ३३ वर्षीय किसुनदेव रामले २१ वर्षीया चन्दा रामसँग ०७३ असार ११ गते दोस्रो विवाह गरी घर भित्र्याए । पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७३ भदौ ७ गते दिएको उजुरीका आधारमा सोही दिन बहुविवाह मुद्दा दर्ता भएको थियो । प्रहरीले आरोपितहरुलाई बहुबिवाहको आरोपमा घरबाटै असोज ११ गते गिरफ्तार गरेको थियो । पीडितले जिल्ला अदालतमा दिएको मानाचामल मुद्दामा अदालतले ०७३ जेठ ११ गते आरोपितबाट पीडितलाई मासिक दुई हजार मानाचामल भराउने फैसला गरेको थियो । जिल्ला न्यायाधीश कुल प्रसाद शर्माको इजलाशले ०७३ कात्तिक ६ गते किसुनदेव पुर्पक्षका लागि कारागारमा थुनामा र चन्दा साधारण तारेखमा रिहा भएका थिए ।
अभिलेख नम्बर ः ३१७
को. बर्साइन गाविस–३ की २३ वर्षीया बबी भनिने दाइवती मलाहा मुखियाका पति २६ वर्षीय शम्भु मुखियाले भारत विहारको सुपौल मैन्ही गाउँकी २२ वर्षीया रिन्कु मुखियासँग ०७३ भदौ २९ गते दोस्रो विवाह गरी घर भित्र्याए । पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७३ असोज १० गते बहुबिवाहको मुद्दा दर्ता गराएकी थिइन् । प्रहरीले आरोपितहरुलाई ०७३ असोज ११ गते गिरफ्तार गरेको थियो । सामाजिक परम्पराअनुसार आरोपित शम्भुसँग ०६६ माघ २८ गते विवाहित पीडितको नाबालक एक छोरा र एक छोरी छन् भने पीडित आठ महिनाकी गर्भवती समेत थिइन् । जिल्ला अदालतको आदेशमा ०७३ कात्तिक ६ गते शम्भु पुर्पक्षका लागि कारागारमा थुनामा तथा रिन्कु साधारण तारेखमा रिहा भएका थिए ।
अभिलेख नम्बर ः ३६२
कञ्चनरुप नपा–७ की २८ वर्षीया कुमारी भुजेलका पति ३३ वर्षीय सुशिल भुजेलले मोरङ्ग बेलबारी नपाकी २७ वर्षीया देवी भुजेलसँग दोस्रो विवाह गरी कात्तिक ८ गते घर भित्र्याए । सामाजिक परम्पराअनुसार ०५९ साउन १ गते विवाह गरेका पीडित र आरोपित सुशिलको एक छोरी छिन् । पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले ०७३ कात्तिक १८ गते बहुविवाह मुद्दा दर्ता गरेको थियो ।
अभिलेख नम्बर ः ३६३
सप्तकोशी नपा–१ की ३० वर्षीया चन्द्रकुमारी वि.क. लाई उनका पति ३५ वर्षीय नरेन्द्र भनिने नरबहादुर वि.क. ले खानलाउन खर्च नदिई ०७३ साउन ४ गते दोस्रो विवाह गरी घरबाहिर नै मजदुरी गरी बसे । पीडितले आरोपितविरुद्ध एकल महिला समूह र जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा कात्तिक २९ गते उजुरी दिएकी थिइन् । पटक पटकको छलफल पछि मिलेर सँगै बस्ने भनी ०७३ मंसिर १२ गते सहमति भएको थियो ।
गर्भपतन
अभिलेख नम्बर ः ३१५
सिस्वाबेल्ही गाविस–८ की ३१ वर्षीया निरसी देबी मण्डललाई सोही ठाउँका ५२ वर्षीय ईश्वर प्रसाद मण्डल मुखिया र निजकी पत्नी ४० वर्षीया लकियादेबी मण्डलले सिस्वाबेल्ही गाविस–८ स्थित सार्बजनिक बाटोमा ०७३ भदौ २७ गते साँझ छ बजे कुटपिट गरि गर्भपतन गराए । पीडितका पति ३१ वर्षीय राजेश मण्डलले इलाका प्रहरी कार्यालयमा भदौ २९ गते उजुरी दिएपछि प्रहरीले सोही दिन मुद्दा दर्ता गरी आरोपितहरुलाई गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित १० हजार धरौटी राखी ०७३ असोज १२ गते रिहा भएका थिए ।
अभिलेख नम्बर ः २१०
कुटपिट÷संरचना क्षति
राजविराज नपा–१ स्थित जिल्ला अदालतका तामेलदार डिठ्ठा पोर्ताहा गाविस १ का ३५ वर्षीय रामकृष्ण खिडहरी र प्रहरी हवल्दार सिरहाको धनगढी माई नपा–१ का देवनाथ महतोलाई कञ्चनरुप नपा–१० का ४३ वर्षीय जिबरील मियाँ, ५० वर्षीय छुतहरु मियाँ, २५ वर्षीय प्रमोद साह र ३५ वर्षीय श्याम रामले कञ्चनरुप नपा–९ स्थित सार्वजनिक बाटोमा अदालती काममा अवरोध गर्दै ०७३ असार १३ गते कुटपिट गरे । अदालतको फैसलाबमोजिम जारी मुद्दामा फरार रहेका कञ्चनरुप नपाका रोजित मियाँलाई पक्राउ गरी ल्याउँदै गर्दा आरोपितहरुले पीडितहरुलाई कुटपिट गर्नुका साथै उनीहरु चढेर गएको स.२प ७७५८ नम्बरको मोटरसाइकलमा समेत क्षति पु¥याए । पीडितको उजुरी र प्रतिवेदनका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले असार १३ गते केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी सोही दिन आरोपित जिबरिल र छुतहरुलाई गिरफ्तार गरेको थियो । उनीहरुलाई सिडिओ बलदेव गौतमको आदेशले रु. पाँच हजार एकसय धरौटीमा रिहा गरिएको थियो । अन्य आरोपितहरु हालसम्म फेला परेका छैनन् ।
(प्रस्तुत प्रतिवेदन इन्सेक सप्तरी प्रतिनीधि मनोहर कुमार पोखरेलद्वारा वार्षिक पूर्व समिक्षा कार्यक्रममा मङ्गलवार सार्वजनिक गरिएको थियो ।)