राजविराज, २८ मंसिर । डिएनए फिल्म प्रोडक्सन प्रा.लि.को पहिलो प्रस्तुति मैथिली धार्मिक फिल्म ‘छिन्नमस्ता जय सखडेश्वरी माँ’को शुभ मुहुर्त मङ्गलवार गरिएको छ ।
छिन्नमस्ता शक्तिपीठ परिसरमा एक कार्यक्रमका बीच उक्त फिल्मको मुहुर्त गरिएको हो । फिल्मको निर्मातामा नारायण यादव र अनिता यादव रहेका छन् भने निर्देशकमा धर्मेन्द्र चौधरी, अतिथि निर्देशकमा राजदेव चौधरी रहेका छन् । उक्त फिल्मकालागि डिपी शास्त्रीले कथा तयार पारेका हुन् ।
रोहित प्रमोदको सङ्गीत रहेको फिल्ममा छायांकन यज्ञ प्रसाद पराजुलीले गर्ने जनाईएको छ । मुख्य अभिनयकर्तामा रबिन्द्र मण्डल, लिजा चौधरी ‘कौशल’, विजय कामत, रेणुका शर्मा रहेका छन् । अन्य कलाकारहरुमा चन्देश्वर मण्डल, सुभाष बीरपुरिया, डिपी शास्त्री, जिबछ दास, मञ्जु यादव, शिवानी, सरस्वती, भूपेन्द्र मण्डल, अर्जुन यादव, गिरधारी साह, रमिला साह, कृष्ण कुमार यादव, कुलदीप लगायतका रहेका छन् ।
मैथिली भाषाको जगेर्ना तथा छिन्नमस्ता भगवतीप्रतिको आस्था विश्वासलाई प्रचार–प्रसार गर्ने उद्देश्यले फिल्म निर्माण हुन लागेको निर्देशक धमेन्द्र चौधरीले जानकारी दिए ।