• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

गायिका सञ्जु अमात्यको भोजपुरी गिती एल्बम विमोचन

गायिका सञ्जु अमात्यको भोजपुरी गिती एल्बम विमोचन

वीरगञ्ज, २६ मंसिर । वीरगञ्जका चर्चित गायिक सञ्जु अमात्यको ‘कमर करे लच लच लच’ नामक भोजपुरी गिती एल्बम शनिवार एक समारोहका बीच विमोचन गरिएको छ ।
वीरगञ्ज पब्लिक कलेजको सभाकक्षमा आयोजना गरिएको बिमोचन कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् मधेश विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका सल्लाहकार पूर्व एवं पुर्व अध्यक्ष के.सी.लामिछाने, कार्यवाहक अध्यक्ष शेखर बहादुर क्षेत्री, नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष उमेश गुप्ता, प्रभात काब्य यात्राका संयोजक अरूण बिक्रम शाह, गायक अशोक प्रधान, भोजपुरी गायक सुनिल पण्डित लगायतले सामुहिक रुपमा एल्बम विमोचन गरे । विमोचन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहाले वीरगंजका चर्चित गायक सन्जु अमात्यको गिती एल्बमले वीरगञ्जको प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्थापित गराउन सहयोग पुग्ने आशा व्यक्त गरे ।
कार्यक्रममा अर्का अतिथि नेपाल पत्रकार महासंघ पर्साका सल्लाहकार के.सी. लामिछानेले सन्जु अमात्य जस्ता वीरगञ्जका प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास गर्न पत्रकारहरुले पनि कलम चलाउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा गायक सञ्जु अमात्यले वीरगञ्जको पृष्ठभूमिमा रहेर आफूले विभिन्न नेपाली गीतहरुको एल्बम ल्याएको भए पनि पहिलो पटक भोजपुरीमा ‘कमर करे लच लच लच’ नामक भोजपुरी गिती एल्बम ल्याएको र यसलाई श्रोताहरुले मन पराउने विश्वास व्यक्त गरे ।