Top_Header_Right_Add

बेलायती दूतावास अगाडि स्वतन्त्र मधेशको माग गर्दै प्रदर्शन

बेलायती दूतावास अगाडि स्वतन्त्र मधेशको माग गर्दै प्रदर्शन

काठमाडौं, २३ मंसिर । अंग्रेजहरुद्वारा २ लाख रुपैयाँको बदलामा मधेशलाई नेपालमा गाभेको ठीक २०० वर्ष पुगेको अवसरमा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले काठमाडौंस्थित ब्रिटिस दुतावास अगाडि प्रदर्शन गरेका छन् ।
‘१८१६ दिसम्बर ८ तारीखको बेलायत(नेपाल सन्धी खारेज गर’, ’मधेशको भुभाग फिर्ता गर’ जस्ता नारा लगाउँदै गठबन्धनका कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् । गठबन्धनका कार्यकर्ताहरुले दूताबास अगाडि प्रदर्शन गर्नुका साथै बेलायती प्रधानमन्त्री र कमनवेल्थ मिनिस्टर सहित राजदूतलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।
ज्ञापन(पत्रमा १८१६ दिसम्बर ८ तारीखमा २ लाख रुपयाको बदलामा मधेशलाई नेपालको राजालाई हस्तान्तण गर्दा मधेशीको सहमति न लिएको तथा सो संधी अनुसार “मधेश नेपालमा गाभिए पछि नेपालको तर्फबाट मधेशीहरुमाथि कुनै विभेद वा दमन नहुनु पर्ने“ शर्त पालन न भएको हुँदा सो संधी स्वतः खारेज हुने र मधेश स्वतन्त्र हुने कुराको दाबी गरिएको छ । मधेशमा अंग्रेजको शासन कुनै समयमा रहेको हुँदा तथा मधेशबाट कर र राजस्व अंग्रेजले सीधै उठाएको हुँदा ’कमनवेल्थ नेशन्स’ भित्र मधेशलाई पनि स्थान दिनु पर्ने र त्यसवापत पाइने अनुदान, सहयोग र छात्रवृत्तिलगायतका सुविधाहरु मधेशीलाई पनि उपलब्ध हुनुपर्ने कुराको माग समेत गरिएको छ । स्वतन्त्र मधेशका लागि जनमतसंग्रहका लागि पहल गरिदिनु हुनका लागि समेत वेलायती प्रधानमन्त्री समक्ष सो ज्ञापन–पत्र मार्फत् आग्रह गरिएको छ ।
सन् १८१६ डिसेम्बर ८ तारिखमा भएको बेलायत(नेपाल संधीका आधारमा अंग्रेजले कोसीदेखि पश्चिम र राप्तीभन्दा पूर्वको भागलाई दुई लाख रुपैयाँको बदलामा नेपालको राजालाई दिएको थियो । त्यसरी मधेशलाई भोगचलन गर्नका लागि नेपाललाई दिँदा ५० या १०० वर्ष गरी कुनै निश्चित् समय अवधीका लागि मात्रै दिएको हुन सक्ने आँकलन रहेको छ, र सो समयावधी सम्बन्धि दस्तावेज मधेशको भूभाग गुमाउनु पर्ने डरले नेपाल सरकारले गायब गरेको हुनसक्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer