• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

धोती कुर्ता र गम्छामाथि यसरी भयो विभेद (सुन्नुस् अडियो क्लिप)

धोती कुर्ता र गम्छामाथि यसरी भयो विभेद (सुन्नुस् अडियो क्लिप)

राजविराज, २० मंसिर । नेपालमा पञ्चायती शासन व्यवस्था समाप्त भएको वर्षौं भईसकेको छ तर एक भाषा भेषको मानसिकता अझैं पनि कायमै रहेको छ । देशको संविधानले समेत भाषा र पहिरणको विषयमा निर्दिष्ट गरे पनि व्यवहारमा लागु भएको देखिँदैन । यस्तै विभेदपूर्ण मानसिकताबाट पीडित भएका छन् सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–१ निवासी शिवनारायण साह (हलुवाई) ‘सुरज’ ।
जर्मन सरकारको सहयोगमा नेपाल मुद्रण संघद्वारा मंसिर ३० गते राजधानी काठमाण्डौ स्थित अन्नपूर्ण होटलमा मुद्रण व्यवसायी बीच अन्तरक्रिया एवम् नयाँ प्रविधि सम्वन्धि आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुनबाट उनी बञ्चित भएका हुन् । नेपाल मुद्रण व्यवसायी संघ सप्तरीका अध्यक्ष साह उक्त कार्यक्रममा सहभागी हुने निश्चित भईसकेपछि दौरा, सुरुवाल र टोपी लगाएर आउनुपर्ने अनिवार्य गरेपछि उनी उक्त पोशाकमा आउन नमानेका कारण सहभागी हुने अवसरबाट बञ्चित भएका छन् ।
देशका विभिन्न ४० ओटा जिल्लाका नेपाल मुद्रण संघका अध्यक्षहरुको सहभागीतामा आयोजना हुन लागेको उक्त कार्यक्रमकालागि केन्द्रीय अध्यक्ष माधव केसीले राष्ट्रिय कार्यक्रम भन्दै दौरा, सुरुवाल र कालो टोपी लगाएर आउन भने पछि सप्तरी अध्यक्ष साहले अस्वीकार गरे । ‘दौरा, सुरुवाल र कालो टोपी त मधेशी कहाँ लाउँछन् सर, दौरा सुरुवाल र टोपी लगाएरै आउनुपर्छ भने सप्तरीको सहभागीता काटिदिँदा पनि हुन्छ’ साहले अगाडि भने ‘बरु म मधेशको धोती कुर्ता र गम्छा लगाएर आउँछु ।’ केन्द्रीय अध्यक्ष केसीले हैन त्यस्तो कहाँ हुन्छ ? भनेपछि साहले जवाफ दिए ‘त्यसो भए म तपाईहरुको कार्यक्रमलाई नमस्कार गर्छु ।’ यसरी मोबाइल फोनमा दोहोरो सम्वाद भएपछि अध्यक्ष केसी भने ‘धोती कुर्ता र गम्छा त स्थानीय स्तरको कार्यक्रम र ईण्डियातिर चल्छ, यस्तो कार्यक्रममा चल्दैन ।’
हेर्नुस् टेलिफोन वार्ताको क्लिप