• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
टेरेसा स्कुलद्वारा ह्याप्पी फेशन शो

विराटनगर, १७ मंसिर । स्कुले बालबालिकामा पनि फेशनप्रति मोह भएका कारण उनीहरुको प्रतिभालाई उजागर गर्दै मदर टेरेसा स्कुलले ह्याप्पी फेशन शो २०७३ आयोजना गरेको छ ।
विराटनगर–१३ मा रहेको मदर टेरेसा स्कुलले कक्षा १ देखि ७ सम्मका छात्राछात्रहरुमा फेशन मोहलाई निखारेर शुक्रबार स्कुलको प्राङगणमा उनीहरुलाई ¥यापमा उतारेको थियो । भविष्यमा फेशनप्रति जाने विद्यार्थीलाई सजिलो होस भन्ने हेतुले स्कुलमा पहिलो पटक यस प्रकारमको फेशन शो गरिएको कार्यक्रम संयोजक तथा कोरीयोग्राफर सोनु कुमार दासले बताए ।
कोरियोग्राफर दासका अनुसार मिस मदर टेरेसा कक्षा– ७ मा अध्ययनरत अस्मिता श्रेष्ठ र मिष्टर मदर टेरेसा कक्षा ३ मा अध्ययनरत प्रिन्स प्रतिक श्रेष्ठ भए । त्यसै गरी ११२ जनालाई पछि पार्दै टप टेनमा पर्न सफल विकास यादव, कुम–कुम शाह, अनु मुर्मु, यासिका फिरोज, कोमल शर्मा र प्रतिभा चौधरीले विभिन्न विधाका पुरस्कृत भएका छन् । school-fashion-show-3

school-fashion-show-1