
राजविराज, १५ मंसिर । गत मंसीर १० गते स्वतन्त्र मधेश गठबन्धनद्वारा ’रंगभेदी विरोध दिवस’ मनाउने क्रममा गरिएको प्रहरी दमनबारे एमनेष्टी ईन्टरनेशनललाई बुधवार ज्ञापनपत्र बुझाईएको छ । गठबन्धनका प्रवक्ता अब्दुल खान, हरपाल सिंह, राम मनोहर यादव र ईरफान शेखले आफूहरुलाई प्रहरीले दमन र यातनाबारे ज्ञापनपत्र बुझएका हुन् । यसैगरी बाँके जिल्लामा भएको प्रहरी दमनको विषयमा बयान समेत लेखाएका छन् ।
रङ्गभेदी दिवस मनाउने दिन मधेशका जिल्लाहरुमा २०० भन्दा बढी गिरफ्तारी र दमनको विषयमा बताए । बाँके प्रहरीको हिरासतमा त्यहाँका एसपी टेक बहादुर राईको निर्देशनमा नाम थाहा नभएको प्रहरी हवल्दार र प्रायः लागु औषध मुद्दामा थुनामा रहेका अन्य थुनुवाहरु लगाएर बाँसको लठ्ठी र प्लास्टिकको पाइपले सयकडौं पटक हिर्काएर चरमयातना भोगेका गठबन्धनका प्रवक्ता अब्दुल खान, हरपाल सिंह, इरफान शेख र राम मनोहर यादव घाइते भएका थिए ।
(एमनेष्टी इन्टरनेशनललाई बुझाइएको ज्ञापनपत्र विस्तृत हेर्नुस् ।)