• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
उपचारको आशमा कुपोषित युवा देवनारायण राम

राजविराज, १५ मंसिर । सप्तरीको डाढा ७ का देवनारायण रामले कुपोषणको शिकार भएको १७ वर्षिय छोरा शम्भुकुमार रामको उपचारमा सर्वस्व स्वाहा पारे । अब उनीसँग झुप्रोले चर्चेको चारधुर जग्गा वाहेक केही पनि छैन् । तैपनी छोराको अबस्था सुधार हुन सकेन, देवनारायणसंगै उनकी धर्मपत्नी शान्तीदेबी राम रातदिन छोराकै चिन्ताले भोक न प्यास भएकी छन् ।
बोनी मजदुरी गर्ने क्रममा चारवर्ष अघि एकाएक शम्भु विरामी परे । ‘छोराको उपचारका लागि डाक्टरलाई देखाउनेदेखी धामीझाक्री समेत कहा“ दौडधुप ग¥यौ’शान्तीदेबीले भनिन ्‘कुनै सुधार भएन्,अब उपचारका लागि कहा“वाट खर्च ल्याउन्?’घर अगाडी रहेको १६ धुर खेत सबै उपचारमै बेच्नुपरेको बताउदै देवनारायणले भने, ‘छोरो बाचिदिए हामीलाई पुग्थ्यो तर उसको अबस्था झनै गम्भिर हुदैछ ।’
विपन्न अबस्थाका देवनारायणको परिवारलाइृ छरछिमेकीले दिएको खानाको मात्र भर छ । चिन्ताका कारण देवनारायणले बनिबुतो गर्न समेत छोडेका छन् । शान्तीदेबी दिनभरी छोराकै स्याहारमा ब्यस्त रहने गरेकी छिन् । कुपोषणको यस्तो समस्या देवनारायणको परिवारमा मात्र होइन् जिल्लामै गम्भिर रुपमा रहेको छ ।
गरिबीका कारण नै यस्तो अबस्था भएको पोषणका क्षेत्रमा काम गर्नेहरु बताउछन् । जिल्लामा ५ लाख ७० हजार २ सय ८२ जनसंख्या मध्ये गरिबीको रेखाभन्दा मुनी २८ प्रतिसत जनसंख्या रहेको जिल्ला बिकास समिती सप्तरीका सुचना अधिकृत नवराज खडका बताउछन् । पोषणका लागि गत वर्ष सुनौला हजार दिन कार्यक्रम अन्तरगत ११ करोड ९७ लाख बजेट आएपनि अबस्था सुध्रिन सकेको छैन् । यसैगरि गरिबी निवारणका लागि गरिबी निवारण कोष र गरिब संग बिश्ेश्वर कार्यक्रम जिल्लामा सञ्चालित छ । उक्त दुबै कार्यक्रमका लागि साढे २६ करोड रकम आए तापनि गरिबीको अबस्था ज्युँका त्यँु छ । गरिबीका कारण पोषणयुक्त खानाको अभावले गर्दा नै कुपोषण बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।