• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशी मोर्चाको आमरण अनसन चौथो दिन पनि जारी

मधेशी मोर्चाको आमरण अनसन चौथो दिन पनि जारी

राजविराज, ११ मंसिर । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको विषयलाई पटक–पटक ज्ञापन–पत्र तथा स्मरण–पत्र दिँदा पनि वास्ता नगरेपछि मधेशी मोर्चा सप्तरीद्वारा थालिएको आमरण अनसन चौथो शनिवार दिन पनि जारी छ ।
मोर्चाका नेताहरु अस्पताल परिसरको चबुतरमा आमरण अनसन थालेका हुन् । मागको बारेमा बुधवार अस्पताल प्रमुखसँग सोधपुछ गर्दा अस्पताल प्रमुख गैरजिम्मेवार रूपमा प्रस्तुत हँुदै अपराधीको रूपमा प्रस्तुत भई प्रहरी बोलाई दुव्र्यवहार समेत गर्न खोजेको अवस्थामा बाध्य भई हामी आमरण अनसनमा बस्न बाध्य भएको मोर्चाले जनाएको छ ।
अस्पताल बालमैत्री बनाउनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु पर्ने, अस्पताल मूल गेट निर्माण हुनु पर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनु पर्ने, अस्पतालमा प्रसुति गृह लगायत निर्माणाधीन भवनहरूको निर्माण कार्य अविलंब पुरा हुनुपर्ने, अस्पतालमा सरकारले उपलब्ध गराउने औषधीहरू सुची अस्पताल परिसरमा राखिनुपर्ने माग राखिएको छ । यसैगरी आ.व. २०७२÷०७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सो को खर्च विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा स्वास्थ्य विभाग आपूर्ति महाशाखाको शेड्युल अनुसार आ.व.२०७२÷०७३ को विकास र साधारण शिर्षकको बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आय–व्यय विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानविन हुनु पर्ने, सुत्केरी र २८ दिन सम्मको शिशुको निःशुल्क उपचार हुनु पर्ने जस्ता माँग लिएर आफूहरु आमरण अनसनमा बसेको नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष समेत रहेका मोर्चाका वरिष्ठ सल्लाहकार विकास तिवारीले जानकारी दिएका छन् ।
मोर्चाका संयोजक सुबी यादव, वरिष्ठ सल्लाहकार विकास तिवारी, सचिव प्रभाकर सिंह, सचिवालय सदस्य सावित्री पंडित र सचिवालय सदस्य जयसुन्दर खिडहरी यादव आमरण अनसनमा बसेका छन् । सावित्री पंडितको अवस्था बिग्रिँदै गएपछि सलाइन पानी चढाउने काम भईरहेको जनाईएको छ ।