• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फेरी किन उठदैछन् ‘मधेश अलग देश’को कुरा ?
rajesh-bidrohi
राजेश विद्रोही

राजेश विद्रोही
साँचिकै इतिहास निक्कै निर्मम र कठोर हुँदो रहेछ । जव इतिहासले धोका दिन्छ त्यस पछि परिणामले धेरै विकल्पहरू खोज्न विवश हुन्छन् । आज मधेश र मधेशी जनता ठिक त्यही दिशामा छन् । २००७ सालमा जहाँनिया राणा शासनका विरूद्ध,२०४६ सालमा पञ्चायती व्यवस्थाका विरूद्ध, २०५२ सालमा निरंकुश तानाशाही व्यवस्थाका विरूद्ध दश वर्षे माओवादी जनयुद्ध र २०६२÷६३ को मधेश आन्दोलनले मुलुकमा परिवर्तन त आयो । तर, जनताले सोंचे अनुसारको आमूल परिवर्तन प्राप्त गर्न सकेनन् । न त मधेशी जनताले नै चाहेको मुक्ति र स्वतन्त्रता पाउन सके ।
मधेशी जनतासँग पटक पटक धोका भयो । त्यसैले मधेश पटक पटक जलिरह्यो र, देशभित्रै आफ्नो पहिचान र अधिकारका लागि मुठी भरका शासक विरूद्ध लडिरह्यो । सैयौंको सङ्ख्यामा योद्धाहरूले वलिदान पनि गरे । तथापी मधेशी जनता विना विभेद सत्ता र सरकारमा आफ्नो पहिचानसहितको अधिकार पाउने छाँटकाँटमा देखिदैन । अझैं त्यो प्रकृया जारी नै छन् । आखिर किन ? के साँच्चिकै मधेशी जनता भारतीय नागरिक हुन ? र भारतिय मुगल सम्राटका भगौडा हुन् त ? किन यहाँका भारतीय दलाली र तावेदारीमा वास्तविक मधेशी जनताको इतिहास सखाप पार्न खोजिदै छन् ? र, अंगिकृतधारीहरूलाई मधेशीको नाममा सतासिन बनाउँदै छन् । सता र सरकारमा पटकपटक लग्दैछन् ।
अभाव र स्वार्थ वडो विचित्रको हुन्छ । कहि कतै शतप्रतिशत पुरा हुन सक्दैन् । त्यसैले अभावले हरेक वस्तुको परिणाम पनि दिन्छन् । त्यो भनेको त्यसको स्वरूपमा भर पर्ने विषय हो । हिन्दीमा एउटा मार्मिक भनाई छ । ‘मरता तो क्या नहि करता ।’ अब मधेश र यहाँका राजनीति त्यतातिर मोडिने आतुर देखिदैछन् । मधेशी नेताहरूबाट अभिव्यक्ति आउँदैछन् । अस्ति भर्खर तराई मधेश लोकतानित्रक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने । हिजो भर्खर संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवले पनि अलग मधेशको कुरा उठाएको मिडिया बाहिर आयो । यसरी क्रमशः अलग मधेश देशको कुरा उठदैछन्, नेताहरूले उठाउँदै छन् । धैर्यताको बाँध फूट्दैछन् । अन्ततः डा. सिके राउतको विचारतिर मधेशी नेताहरूको विचार ढल्किदैछन् ।
त्यसैले संविधान संसोधन र अधिकार प्राप्ति विना देश ठूलै जातिय क्षेत्रीय विभेदको कठघारामा उभिने खतरा बढदै छन् । आज लोकतान्त्रिक परिवर्तनको ७६ वर्षसम्म पनि मधेशी जनता निरन्तर उत्पीडनको शिकार भएका छन् र, मधेशी जनता आज घाइते बाघ सरी छटपटीरहेका छन् ।
मधेशी दल र नेताहरू एकातिर ललिपमा त अर्कोतिर अलग देश मधेशको द्वैध चरित्रमा बाँचिरहेका छन् । अन्य देशको राज्यसत्ता ठेक्का लिएर बसेका राजनितिक दल र नेताहरूमा ‘चमडी जाई तं जाई दमडी नहि जाई’ मैथिली भनाई चरितार्थ भईरहेको छ । अर्थात कुनै पनि हालतमा यहाँका हुने खाने राजनितिक दलले लोकतन्त्रको वास्तविक मूल्य र मान्यता अनुसार संविधान संशोधन, सिमाङ्कन, संघीयता, समानुपातिक र समावेशीता लगायतका वास्तविक मूल मर्मलाई फलो गर्न चाहँदैन् ।
यसमा उनीहरू आफ्नो राज्य सता र राजनितिक भविष्य सङ्कटमा पर्ने देख्छन् । त्यसैले अब यहाँका राजनितिक दलले दक्षिण अफ्रिकामा काला र गोरा रंगभेद जातिय संघर्षका कारण कैयन पटक अलग हुन् खोजेको तमिलनाडुहरूको इतिहास, त्यसतै भारतबाट छुटेको पाकिस्तान र बङ्गला देश लगायल यस्ता थुप्रै देशको इतिहासबाट पाठ सिक्न जरूरी छ । नभए हाम्रै देशले पनि त्यो समस्याबाट मुक्त हुन सक्दैन् । त्यसैले सबै राजनितिक दलमा त्याग र समर्पणको खाँचो छ । समान तरिकाले सवै वर्ग जाति र समुदायको हक अधिकारलाई निर्भिक साथ सुनिश्चित गर्न जरूरी छ । देशलाई ठूलो दुर्घटनाबाट जोगाउन सहमतिकै आधारमा देशको राजनीतिक सङ्कटलाई सामाधान गर्न जरूरी छ ।
(लेखक विद्रोही भाषिक, सांस्कृतिक एवम् राजनीतिक विषयमा कलम चलाउँछन् )