रुपन्देही, ७ मंसिर । मैथिल समाज नेपाल रुपन्देही बुटवलले १० औं वार्षिक विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताकासाथ मनाउने भएको छ ।
समाजका अध्यक्ष मुखीलाल चौधरीको अध्यक्षतामा सम्पन्न बृहत बैसारले वार्षिकोत्सवको विषयमा विभिन्न निर्णय गरेको हो । समाजको कार्य समितिका पदाधिकारी, सदस्य एवं सल्लाहकार, मैथिल महिला समाज रुपन्देही, बुटवलका कार्य समितिका पदाधिकारी, सदस्य एवं सल्लाहकार, आजीवन सदस्य, सक्रिय सदस्य समेतको उपस्थितिमा शनिवार वार्षिकोत्सव मनाउनकालागि विभिन्न उपसमितिहरु गठन गरिएको अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार स्वागत उपसमितिको संयोजकमा अनिता झा, निमन्त्रण कार्ड वितरण उपसमितिको संयोजकमा जगतनारायण मण्डल, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा विजयकुमार झा जलपान व्यवस्थापन उपसमितिको संयोजकमा प्रवीणकुमार झा र साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा लुना झालाई जिम्मेवारी दिईएको छ ।
समारोहमा १२ युगल जोड़ी आजीवन सदस्यता सम्मान, २०७३ सालको एसएलसी परीक्षामा सर्वाधिक अङ्क प्राप्त गर्ने नवलपरासी, रुपन्देही र कपिलवस्तुका एक–एक जना मैथिल छात्रछात्रालाई पुरस्कारसहित सम्माने गर्ने कार्यक्रम रहेको छ । बुटवल उप–महानगरपालिका–१३ देवीनगर स्थित नेपाल अपाङ्ग तथा अनाथ आश्रममा १० हजार रुपैयाँ बराबरको छड़ प्रदान गरिने, स्व. नवीणकुमार सिंह स्मृति पुरस्कारका संस्थापक एवं समाजक आजीनव सदस्य उदयकुमार सिंहलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । समाजको आय–व्ययको हिसाब–किताब पारदर्शी राख्ने आन्तरिक लेखा परीक्षणका परीक्षकद्वय रामउदगार यादव तथा श्रीमनोजकुमार मण्डललाई ‘स्नेहक प्रतिक’ प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
यसैगरी मिथिला र मैथिलीको विकास हेतु बिशिष्ठ योगदान पुर्याउने अभियानीहरुलाई मानार्थ सदस्य प्रदान गरिने सम्मानित गर्ने कार्यक्रम रहेको छ । मानार्थ सदस्यता मिथिलेश कुमार झा, धीरेन्द्र प्रेमर्षी, परमेश्वर कापडि, रुपा झा, मीना ठाकुर, युक्ति मरिक र रामेश्वर ठाकुरलाई प्रदान गरिने उनले बताए ।
सेड निर्माण सम्बन्धी शंकर नगर स्थित ‘बनबाटिका’मा ६ लाख रुपैयाँको लागतमा सेड निर्माण गर्ने लक्ष्य लिईएको छ । सेडकालागि कर्कट पाता र ट्रष्टबाट २५ बाइ १२ फीटको सेड निर्माण गर्ने, छेउमा १२ बाइ ८ फीटको पोशाक परिवर्तन कोठा निर्माण गरिने जनाईएको छ । उपयुक्त पानी ट्यांकी र सेड निर्माणक हेतु आर्थिक संकलन एवं निर्माण समिति मुखीलाल चौधरीको अध्यक्षतामा गठन गरिएको छ । समितिको सदस्यमा उदयकुमार सिंह, विद्यासागर झा, नागेन्द्रराय यादव, रीता साह, मनोजकुमार मण्डल र ममता सिंह रहेका छन् ।
सेड निर्माण हेतु उदयकुमार सिंह पचास हजार, विद्यासागर झा पाँच हजार, मुखीलाल चौधरी ७ हजार ५ सय ५५, नागेन्द्रराय यादव पाँच हजार पाँच, जयप्रकाश मण्डल तीन हजार ५५, अनिता झा ५ हजार ५ सय ५५, रामश्रेष्ठ सिंह महतो १० हजार ५ सय ५५, भोगीलाल महतो एक हजार, विजयकुमार झा पाँच हजार पाँच र प्रवीणकुमार झाबाट ५ हजार ५ रुपैयाँ सहयोग भएको समाजका अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।