• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रेबिज लागेको गाईको दुध खाँदा ६ सय सर्वसाधारण त्रसित

रेबिज लागेको गाईको दुध खाँदा ६ सय सर्वसाधारण त्रसित

श्यामसुन्दर पासवान
कञ्चनरुप, ६ मंसिर । रेविज लागेको गाईको दुध खाएपछि सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ६, ९ र १० का करिव ६ सय जनताहरु त्रसित भएका छन् ।
कञ्चनरुप नगरपालिका वडा नम्वर–९ बलुवाका राजेन्द्र साहको घरमा लगाईएको पुराणमा पञ्चामृतकोलागि लगिएको दुध रेविज लागेको गाईको रहेको थाहा पाएपछि स्थानीय जनताहरु त्रसित भएका हुन् । उनीहरु गाईबारे थाहा पाएपछि जिल्ला जन स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय र पत्रकार सहितको टोलीले सोमबार स्थलगत निरीक्षण गरि पिडितहरुको राय लिने काम गरेको छ ।15174520_1835279590090262_1167380055_n
जिल्ला जन स्वास्थ्य कार्यालयका निमित प्रमुख छेदी यादवले यस विषयमा रोग नियन्त्रण महाशाखा कामाण्डौमा जानकारी गराईसकेको र उपचार गर्नुुपरेमा निःशुल्क रुपमा उपचार गर्ने बताए । वनको बाघले खाओस् नखाओस् मनको बाघले खाने हुँदा यसबाट डराउनु नपर्ने बताए । जिल्ला पशु सेवा कार्यालयका प्रमुख अशोक प्रसाद सिंहले दुध र गोबरबाट रेविज नसर्ने हुँदा सर्वसाधारणलाई त्रसित नहुन आग्रह गर्दा पनि जनमानस भयले त्रसित नै रहेपछि काठमाण्डौबाट एक–दुई दिनभित्र टोली तथा उपचार सामग्री आउने जानकारी दिँदै भयभित नहुन आग्रह गरेका छन् ।
भाइटीकाको दिन कञ्चनरुप नगरपालिका वडा नम्वर–९ का चन्देश्वरी साह बलिया वालीको घरमा रहेको गाईलाई बहुलाहा कुकुरले टोकेको र उक्त गाई सोमवार मरेको छ । सोहि कुकुरले दुई साता अघिदेखि करिब ३ दर्जन चौपाया तथा सोही वडाका वासिन्दालाई टोकेकोले उचार भईरहेको जनाईएको छ ।