• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाल अधिकार दिवसमा वालवालिका पुरस्कृत

राजविराज, ५ मंसिर । ‘सम्वद्र्धन वाल अधिकारको, कार्यान्वयन संविधानको’ नारा सहित आइतवार राजविराजमा अन्तराष्ट्रिय वाल अधिकार दिवस मनाईएको छ ।
निवन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः चेतना साह, सोनी कुमारी साह र दीपा चौधरीलाई जनही रु ५,४ र ३ हजार नगद सहित प्रमाण पत्र प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे । वालिका दौड प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः जानकी चौधरी, आरती साह, रञ्जना मण्डल र रञ्जु रामलाई प्रमुख अतिथि अर्यालले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
सोही अवसरमा वाल नाटक प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः बकधुवा वाल क्लव, राजविराज वाल सञ्जाल, पटेर्वा वाल क्लव र ईटहरी विष्णुपुर वाल क्लवलाई प्रदान गरिएको छ । विजयीहरुलाई प्रमुख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठले खेलकुद सामग्रीसहितको पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।
जिल्ला वाल सञ्जाल सप्तरीका अध्यक्ष अमर यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि अर्याल, राष्ट्रिय वाल सञ्जालका राष्ट्रिय अध्यक्ष सुरेश गुप्ता, प्रमुख महिला विकाश अधिकृत चन्द्रकला श्रेष्ठ, सेभ द चिल्डे«नका वरिष्ठ कार्यक्रम अधिकृत खिलानाथ निरौला, नगर वाल सञ्जालका अध्यक्ष आशिष गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
जिल्ला वाल कल्याण समिति सप्तरीका सदस्य विजयानन्द झाद्वारा सञ्चालित समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सेभ द चिल्ड्रेन जिल्ला वाल कल्याण समिति, सेभ द सप्तरी र सबल नेपालको सहयोगमा जिल्ला वाल सञ्जाल सप्तरीको आयोजनामा सम्पन्न भएको थियो ।
समारोह पुर्व शिव मन्दिर प्राङ्गणबाट विभिन्न नारासहित निस्केको बाल ¥याली जिविस सभाकक्षा पुगी समारोहमा परिणत भएको थियो ।