• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नृत्य प्रतियोगितामा शिब बोर्डिङ्ग प्रथम

राजविराज, ४ मंसिर । मैथिली भाषाका महाकवि विद्यापति स्मृति पर्वको अवसरमा मैथिल कलाकार परिषद्द्वारा शनिवार विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरियो ।dance-saptari-2
मैथिली साहित्य परिषद्को पूर्व निर्धारित कार्यक्रम अनुसार राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा नृत्य प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा शिव इन्टरनेशनल सेकेण्ड्री बोर्डिङ्ग राजविराज प्रथम स्थान प्राप्त गरेका छन् । यसैगरी न्यू रोज पब्लिक सेकेण्ड्री स्कूल दोस्रो र निम्न माध्यमिक विद्यालय विद्यालय सतवेदहा अर्नाहा तेस्रो स्थान प्राप्त गरेका छन् ।
कलाकार परिषद्का अध्यक्ष रामअधिन साहको अध्यक्षतामा आयोजित प्रतियोगिताका प्रमुख अतिथि मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, विशिष्ठ अतिथि परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, सङ्गीतकार कमल मण्डल, युवा नेता पार्थो सरकार, तीर्थनारायण दास, शिक्षक सुमन ठाकुरलगायतले मन्तव्यसहित विजयी छात्रछात्रालाई पुरस्कार वितरण गरे ।