• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

बाल क्लव सञ्जालद्वारा प्रतियोगितात्मक सडक नाटक

बाल क्लव सञ्जालद्वारा प्रतियोगितात्मक सडक नाटक

राजविराज, ४ मंसिर । जिल्ला बाल क्लव सञ्जाल सप्तरीद्वारा चेतनामुलक प्रतियोगितात्मक नाटकको आयोजना गरियो ।
अन्तर्राष्ट्रिय बालअधिकार दिवसको पूर्व सन्ध्यामा सेभ द चिल्ड्रेन, सेभ द सप्तरी र सवल नेपालको सहयोग तथा जिल्ला बाल कल्याण समिती सप्तरीको समन्वयमा स्थानिय राज रंगशालामा आयोजना गरिएको प्रतियोगितात्मक नाटक कार्यक्रममा जिल्लाका १० वटा बाल क्लव सञ्जालका बाल कलाकारहरु सहभागी भएका थिए ।
नाटकको माध्यमले बाल कलाकारहरुले उमेर नपुग्दै विवाह गर्दा हुने शारिरीकदेखि मानसिक समस्या, बालश्रम, दाईजो प्रथा लगायतका विकृती र विसगति विरुद्ध तिखो प्रहार गरे । ४ घण्टासम्म चलेको कार्यक्रममा कलाकारहरुद्वारा शिक्षा, स्वास्थ्य, सरसफाई र बाल अधिकार बारे पनि नाट्यकला मार्फत सन्देश दिने प्रयास गरिएको थियो ।
बाल क्लव सञ्जाल सप्तरीकी उपाध्यक्ष सुरुचि झाको अध्यक्षता तथा सञ्जालका अध्यक्ष अमर यादवद्वारा सञ्चालित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बाल क्लव सञ्जालका राष्ट्रिय अध्यक्ष सुरेश गुप्ताले बाल विवाह, दाईजो प्रथा, बालश्रम लगायतका समस्याले मुलुकमा भयावह रुप लिन थालेको भन्दै यसका लागि हामी आफु पनि सचेत हुनुपर्ने र अरुलाई पनि सचेत गराउनुपर्नेमा जोड दिए ।
बाल अधिकारकर्मी एवम् प्राध्यापक सुरेन्द्र गुप्ताले समाजमा कङ्लकको रुपमा विकास भईरहेको यस्तो समस्याप्रति समाज र राज्यपक्ष दुवै गम्भिर हुनुपर्नेमा जोड दिए । पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष अध्यक्ष श्रवण देवले वालबालिकाको ईच्छा अनुसार शिक्षा दिनुपर्नेमा जोड दिदै बाल अधिकारप्रति राज्य पक्षले गम्भिरता देखाउनुपर्ने बताए ।
कार्यक्रममा आयुष श्रेष्ठ, विष्णु यादव, जुना गिरी लगायतले पनि शुभकामना दिंदै बाल अधिकार क्षेत्रमा राज्य पक्षसँग अभिभावक र समाज सवै सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।