वीरगंज, ४ मंसिर । पर्सा जिल्ला गाविस बैरियाबिर्ता स्थित ध्यानसिंह पिपरामा पाँच दिने बहुदरामाई मेला सम्पन्न भएको छ ।
मेलाको अन्तिम दिन मधेसको प्रख्यात कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै शिव पटेलले यसको संरक्षण,सम्वद्र्धन र बिकासमा राज्यले खासै चासो नदिएकोमा आलोचना गरे । मधेसको इतिहास एवं पहिचानसँग सम्बन्धित कुस्ती प्रतियोगिता लोप हुदै गएको र यस खेलसँग आवद्ध खेलाडिहरुको संरक्षण नभएको कारण दिनप्रतिदिन विस्थापनको शिकार भएको जिकिर गरे ।
नेपाल सदभावना पार्टीका महासचिव एवं कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पटेलले यस खेललाई म्र्यादित एवं आकर्षित बनाउन सरोकारवालाले भुमिका खेल्नुपर्ने धारणा राख्दै नेपाललगायत विश्वमा कुस्ती खेलको छुट्टै महत्व रहेको बताए । बहुदरामाई मेला समितीका अगुवा एवं कार्यक्रम संयोजक मनोज पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेल, नेपालका प्रसिद्ध कुस्ती खेलाडी नरेश गिरी, स्थानिय अगुवाहरु देवनारायण पटेल, चन्दन पटेल, पुरण पटेल, निर्वतमान गाविस अध्यक्ष जादोलाल साह, स्थानिय झगरु यादव, मनोज कर्ण, रामबहादुर कुर्मी, कृष्णा पटेल, श्रवण पटेल, जितेन्द्र पटेल, सहरुफ राउत, गंगा राउत लगायतको बिशेष उपस्थिति रहेको थियो । कुस्ती प्रतियोगितामा पर्सा, बारा, रौतहट र छिमेकी भारत बिहार राज्यका पहलवानहरुको सहभागिता रहेको थियो ।