• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

सार्वजनिक हुने तयारीमा गायक अनुपको एक मिशाल

सार्वजनिक हुने तयारीमा गायक अनुपको एक मिशाल

वीरगञ्ज, १ मंसिर । ‘म जुन तिमी तारा’ नामक सु–मधुर गीतबाट निकै चर्चा बटुलेका गायक तथा सङ्गगीतकार अनुप तिवारी आफनो एल्बम लभ एन्थमकोे नयाँ गीत एक मिशाल ल्याउने तयारीमा छन् ।
‘लभ एन्थम’ एल्बमको दास्रो गीत ‘एक मिशालमा’ सुरभी मिश्रा एवम् अनुप तिवारीको स्वर रहेको छ भने लिरिक्स् एवम् संङ्गगीत अनुप तिवारी स्वयम्ले गरेका छन् । आफनो पहिलो गीत ‘म जुन तिमी तारा’मा एक्लै गायक, संङ्गगीतकार एवम् लेखकको भुमिका निर्वाह गरेका अनुपलाई यसपाली सुरभीले सघाएकी छिन् ।
सुरभी मिश्रा वीरगञ्ज आइडलको उपाधी पाएकी गायिका हुन् । एल्बममा पहिलो पटक गाउदै सुरभीले यस गीतबाट डेब्यु गर्दै छिन् । म जुन तिमी ताराको अपार सफलता पश्चात आफुले यो गीत ल्याउन लागेको अनुपले जानकारी दिएका छन् ।