कलैया, २७ कार्तिक । राष्ट्रिय युवा जनचेतना सन्जाल नेपालले गाविस विश्रामपुर स्थित भंगी शाह उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
शिविरमा महिला, पुरुष र बालबालिका लगायत २५० भन्दा बढि विरामीहरुलाई निःशुल्क चेक जाँच सँगै निशुल्क औषधि वितरण गरिएको थियो । गण्डक अस्पताल बीरगंजका चिकित्सक महेश्वर प्रसाद कुर्मी, डा.अतेन्द्र मिश्रा, डा. रुपा ठाकुर, डा. श्यामबाबु साह, डा. रितेश यादव, डा. कुमार गौतम लगायतकाले विरामीलाई चेक जाँच गरेका छन् ।
गाविस सचिव गोविन्द खडकाको सभापतित्वमा सम्पन्न शिविरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख डा. डिजन भटराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा सद्भावना पार्टी पर्साका जिल्ला सचिव धर्मेन्द्र पटेल, पोखरीया नगरपालिकाका कार्यकारी अधिकृत नन्दकिशोर यादव, राष्ट्रिय युवा जनचेतना सञ्जाल नेपाल विश्रामपुरका अध्यक्ष सन्तोष पटेल, विद्यालयका प्राधानाध्यापक रामदेव कुर्मी, गण्डक हस्पिटलका प्रशासकिय अधिकृत जय प्रकाश चौरसिया, मार्केटिङ्ग प्रमुख इजरायल अन्सारी लगायतकाले शुभकामना ब्यक्त गरे ।