• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

चित्रगुप्तको कलम ६१ हजार १ सय ६१ रुपैयाँमा साकार

चित्रगुप्तको कलम ६१ हजार १ सय ६१ रुपैयाँमा साकार

राजविराज, १७ कार्तिक । चित्रगुप्त मन्दिरमा राखिएको कलम ६१ हजार १ सय ६१ रुपैयाँमा साकार भएको छ ।

विगतको परम्परालाई निरन्तरता दिँदै यो वर्ष राजविराज नगरपालिका–९ कि सरस्वती निधिले उक्त कलम साकार गरेकी हुन् । वि.सं. २०३७ सालदेखि चित्रगुप्त महाराजको कलम बोलकबोलबाट सर्वाधिक अंक साकार गर्ने व्यक्तिले पाउँदैआएका छन् । उक्त कलम गत वर्ष ६५ हजार ५ सय ५५ रुपैयाँमा रवि कुमार निधिले एक वर्षकालागि पाएका थिए ।
चित्रगुप्त सेवा समितिद्वारा राजविराज–९ स्थित चित्रगुप्त मन्दिरमा वार्षिक पूजा समेत भव्यताकासाथ मङ्गलवार सम्पन्न भएको समितिका अध्यक्ष अशोक कुमार कर्णले जानकारी दिएका छन् । उनका अनुसार सोही अवसरमा १० जना छात्रछात्रालाई एक हजार रुपैयाँका दरले छात्रवृति प्रदान गरिएको छ ।