दिपेन्द्र यादव इनरुवा, १७ कार्तिक । सुनसरीको नरसिंह वडा नम्वर–६ को काली मन्दिरमा आयोजित दिपावली मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कुस्ती खेलाडीहरुको सहभागीतामा कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
कुस्ती प्रतियोगीतामा मङ्गलवार ९ जोडी पुरुष खेलाडीहरुको प्रतियोगीता भएका थियो भने बुधबार महिला १ जोडी र पुरुष ६ जोडी कुस्ती खेलाडीहरुको सहभागीतामा प्रतियोगिता सम्पन्न भएको स्थानीय काली मन्दिर मेला समितिका अध्यक्ष जगदीश यादवले जानकारी दिएका छन् । बुधबारको कुस्ती खेल प्रतियोगीतामा सिरहाका धुरखेल यादवलाई पराजित गर्दै भारत मधुवनी जिल्लाका शम्भु यादव विजयी भएका छन्।
यसैगरी भारत बनारसका सुनिल कुमारलाई पराजित गर्दै सिराहाका ज्ञानकुमार यादव विजय हासिल गरे । यसैगरी क्रमशः सप्तरीका ललित यादवलाई पराजित गर्दै भारत बनारसको आपिन्द्र यादव विजय भए भने प्रमोद गोठिया हरियाणालाई पराजित गर्दै सप्तरीका राजनारायण यादव विजयी भए । यसैगरी अन्तराष्ट्रिय महिला कुस्ती खेलाडी प्रतियोगीतामा झारखण्डकी सोनीलाई पराजित गर्दै पुनम गोरखपुरले विजय हासिल गरेको कुस्ती खेलाडीका प्रशिक्षक भारत मधुवनीका कृष्णदेव यादवले जानकारी दिएका छन् ।