• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुई सय सत्ताइस परिवारलाई छठ पूजा सामग्री वितरण

वीरगञ्ज, १७ कार्तिक । हिन्दूहरुको महान पर्व छठको उपलक्ष्यमा वीरगञ्ज नगर क्षेत्रका गरिब, असहाय, एकल महिलालाई भन्सार एजेन्ट महासंघका केन्द्रीय उपाध्यक्ष श्यामबाबु पटेलले पूजा सामग्री वितरण गरेका छन् ।
पटेलको नेतृत्वमा गएको टोलीले नगर क्षेत्रमा अलौं, ईनरवा, नगवा, रामटोल, छपकैया, गहवा, बिर्ता, प्रसौनी बिर्ता लगायतको दुई सय परिवारलाई एक थान दौरा, एक थान नरिवल र पाँच किलो गँहु टोल–टोलमै गएर वितरण गरेका हुन् । पटेलले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै हिन्दू धर्म एवं संस्कृतिक जगेर्ना गर्नकालागि आ–आफनो तर्फबाट लाग्न जरुरी रहेको बताए ।
हिन्दू बाहुल्य नेपालमा संस्कृति लोप हुदै गएको र विभिन्न बहानामा धर्म परिर्वतन भईरहेको हुनाले समयमै सम्पुर्ण हिन्दूहरु एवं सरोकारवाला संघ संस्थाहरु सर्तक हुनुपर्नेमा जोड दिए । टोलीमा प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेल, हिन्दुवादी युवा नेता नगीना यादव, हरेन्द्र पटेल उर्फ वौवा, सदभावना पार्टी वीरगञ्ज नगर अध्यक्ष ओमप्रकास सर्राफ, कुर्मी सशक्तिकरण मञ्च पर्साका कोषाध्यक्ष पन्नालाल पटेल, एनपीडेली न्युज अनलाईनका प्रतिनिधी राकेश साह लगायतकाले वितरण गरे । यस अघि पटेलले वीरगञ्ज कारागारका २७ जना महिला कैदीबन्दीलाई छठ पर्वको सम्पूर्ण पुजा सामग्री कारागारमै गएर वितरण गरे ।