कञ्चनरुप, १३ कार्तिक । कञ्चनरुप नगरपालिका कञ्चनरूप युथ क्लवले आयोजना गरेको २०–२० क्रिकेट फाइनल खेलमा नव दुर्गा युथ क्लब कञ्चनपुरले १९.१ ओभरमा ८ विकेटको क्षतिमा १५० रन ल्याएर विजयी भएको छ ।
टस जितेर योगिनिया युथ क्लव योगिनियाले शुरु गरेकोे खेलमा १९.२ ओभरमा अलआउट भई १४६ रन ल्याएर १४७ लक्ष्य दिए । प्रतिउत्तरमा नव दुर्गा युथ क्लब कञ्चनपुरले १९.१ ओभरमा ८ विकेटको क्षतिमा १५० रन ल्याएर विजयी हुन सफल भएको छ । नव दुर्गा युथ क्लवका अभिषेक गौतमले ६४ रन ल्याएर म्यान ओफ द म्याच भएका छन भने म्यानअफ सिरिज गुडु थापा भएका छन् ।
प्रमुख अतिथि सांसद मानपुर चौधरीले दिपावली तथा छठ पर्वको शुभकामना दिदै खेलले युवालाई जोश र जाँगर ल्याउने काम गरेको बताए । आफ्नो तर्फबाट क्लबलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रमका विषेश अतिथि नेपाल पत्रकार महासंघ सप्तरी शाखा सदस्य राजकुमार पासवानले क्लबलाई कञ्चनरुप नगरपालिकाबाट ठोस योजना ल्याएर खेलकुद क्षेत्रमा सहयोग गर्नेुपर्ने र सांसद कोषबाट पनि सहयोग गर्न सांसद मानपुर चौधरीसँग आग्रह गरे । कञ्चनरुप युथ क्लव खेलकुद आयोजक कमिटीका अध्यक्ष तथा एमाले कञ्चनरुप नगर कमिटीका उप–संयोजक पेशल जोशीको अध्यक्षतामा खेल आयोजना गरिएको थियो ।