राजविराज, १२ कार्तिक । विद्याथीको स्तर उकास्ने उद्देश्यकासाथ सप्तरीको मौवाहामा विहीवार हाजरी जवाफ प्रतियोगिताको आयोजना गरियो ।
विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा राजेश्वरी निम्न माध्यमिक विद्यालय मौवाहा प्रथम, माँ शेरावाली बोर्डिङ स्कूल चन्ही, मलहनिया दोस्रो तथा माँ अम्बे बोर्डिङ स्कूल मौवाहा तेस्रो स्थान प्राप्त गरेको । चैतीदुर्गा युवा कलबको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो लाई अबिर, माला, सहित प्रमाणपत्र, शिल्ड तथा आकर्षक पुरस्कारले सम्मानित गरिएको छ ।
छ ओटा ग्रामीण स्तरीय विद्यालयका १८जना छात्र–छात्रा सहभागी रहेको उक्त कार्यक्रममा सबैलाई सान्तवना पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रध्यापक विनोदानन्द झाले ग्रामीण भेगका विद्यालयहरुको स्तर उकासन यस्ता कार्यक्रम समय समयमा गरिराख्नु पर्ने सुझाव दिए । स्थानीय युवाको सहयोगमा आयोजित कार्यक्रमको अगुवाइ रामनारायण यादव, कपिलदेव साह, सुरुज भण्डारी, विजय गुप्ता लगायतका युवाहरुले गरेका थिए । कार्यक्रमको संयोजक रामकृष्ण गुप्ताले गरे भने सञ्चालन दिनेश रसियाले गरे ।