• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

एमपिएल क्रिकेटको उपाधीकालागि मेसुलंका र गणपति भिड्ने

एमपिएल क्रिकेटको उपाधीकालागि मेसुलंका र गणपति भिड्ने

राजविराज, ९ कात्तिक । एमपिएलको टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको सम्पन्न सेमिफाइनल खेलमा मेसुलंका राजविराज तथा गणपति क्रिकेट क्लव फाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा मेसुलंकाले महोतरीलाई ४ बिकेटले पराजित गरेको छ भने दोस्रो खेलमा गणपति क्रिकेट कल्वले युथ एकेडमी राजबिराजलाई २९ रनको अन्तरतले पराजित गर्दे फाईनलको यात्रा सहज बनाएको छ । पहिलो खेलमा महोतरीले टस जितेर २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रनको योगफल तयार पारे । जसमा धिरज अधिकारीले ६५ रन ईशान पाण्डेले ५८ रन जोडे । बलिङ्गतर्फ मेसुका बिटु कुमार २ तथा अजय राजवंशी र दलजित कुमारले १÷१ विकेट हात पारे ।
जवाफमा १६२ रनको लक्ष्य लिएका मेसुले १९.३ ओभरमा ६ बिकेटको क्षतिमा जित हासिल गर्दे फाईनलमा पुगेका छन । जसमा टिमका मुकुन्द यादवले नटआउट ४३ रन राकेश कामैत ३४ तथा बिकास दासले १३ रन बनाए । बलिङ्गतर्फ महोत्तरीका रितेश सिंह २ गोपाल सिंह र राहुल सिंहले १÷१ बिकेट हात पारे । खेलको म्यान अफ दि म्याच मुकुन्द यादव घोषित भए ।
यसै गरी आजै सम्पन्न दोस्रो सेमिफाईनल खेलमा टस जितेर गणपतिले १९ ओभरमा सबै बिकेट गुमाई १४४ रनको योगफल तयार पारे । जसमा राजेश सिंहले सर्वोधिक ५२ रन, अमल दास २८ तथा अमिल सिँहले १९ रन बनाए । बलिङ्गतर्फ युथका प्रदिप पासवान ३ बिकेट, मिकु मण्डल,दिपेन्द्र राउत २ ÷२ तथा फिरदोष अन्सारी र शहादत अंसारी १÷१ बिकेट हात पारे ।
जवाफमा युथले १९.२ ओभरमा सबै बिकेट गुमाई ११५ रनमै सिमित रहे । टिमकालागि मिनेष थापा ४४, रन रबि रोय ३१ रन बनाए पनि टिमलाई जिताउन असफल रहे । बलिङ्गतर्फ गणपतिका कुसल भुर्तेल किफायती बलिङ्ग गर्दे ४ बिकेट दिपेन्द्र ऐरी ३ तथा राजेश सिंह र फिरदोष अंसारीले १÷१ बिकेट हात पारे ।
खेलको म्यानअफ दि म्याच दिपेन्द्र ऐरी घोषित भए । घोषित म्यान अफ दि म्याचलाई सदभावना पार्टीका क्षेत्र नम्वर ३ का अध्यक्ष लक्षमण यादवले पुरस्कार प्रदान गरे । फाइनल खेल कार्तिक ११ गते गणपति क्रिकेट क्लव राजबिराज बिरुद्ध मेसुलंका राजविराज बिच हुने छ । फाइनल खेल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यमा हुने आयोजक समितिका पवन दासले जानकारी गराएका छन् ।