• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वर्षकै अत्यधिक कमाउने फिल्म ‘एमएस धोनी’

बलिवुल अभिनेता सुशांत सिंह राजपुतको मुख्य भूमिका रहेको फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ यस वर्ष अक्षय कुमारको सुपरहिट फिल्म ’रस्तम’ र ‘एयरलिफ्ट’लाई पछि छाड्दै वर्षकै दोस्रो सबभन्दा बढी कमाउने फिल्म बन्न सफल भएको छ । नीरज पाण्डे निर्देशित महेंन्द्र सिंह धोनीको जीवनमा आधारित यो फिल्म ३० सितंबरमा रिलीज भएको थियो । यो फिल्मले घरेलु बाजार में एक सय २९.५० करोड़ कमाईसकेको छ ।
यसवर्षकै सुपरहिट रहन सफल फिल्म रस्तम र एयरलिफ्टले भारतमा कमाई क्रमशः एक सय २७.४२ करोड एक सय २९ करोड रहेको छ । विश्वमै भारतमा सफल क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको जीवनमा आधारित फिल्मले २ सय १५ रुपैयाँ आम्दानी कमाउन सफल भएको छ ।
यो कमाईलाई तुलना गर्ने हो भने मात्र सलमान खानको फिल्म ‘सुल्तान’भन्दा पछाडि छ । फोक्स स्टार स्टूडियोजका सीईओ विजय सिंहले पीटीआईलाई यस्तो भनेको छ ‘यो धोनी र फिल्मले पाएको माया हो, हामी आफ्ना दर्शक र प्रसंशकप्रति आभारी छौ ।’ इस फिल्ममा सुशान्त सिंह राजपूतका अलावा दिशा पटानी, कियारा आडवाणी र अनुपम खेरले काम गरेको छ ।