• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

एमपिएलको पाँचौ दिनको खेलमा सप्तरी र नवलपरासी विजयी

एमपिएलको पाँचौ दिनको खेलमा सप्तरी र नवलपरासी विजयी

राजविराज, ६ कात्तिक । राजविराजमा सञ्चालित एमपिएलको टि–टवान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको शनिवार भएको खेलमा मेसु राजबिराजले १०८ रनको फराकिलो अन्तरले सिरहालाई पराजित गरेको छ भने नवलपरासीले मोरंगलाई ७ बिकेटले हराएको छ ।
राजरंगशालामा शनिवार भएको पहिलो खेलमा टस जितेर आयोजक मेसुले २० ओभरमा ७ बिकेट गुमाई १८७ रनको योगफल खडा गरे । जसमा दलजितु कुमारले बिष्फोटक ब्याटिंग गर्दै ४ छक्का र ६ चौकाको मदतले अविजित ६६ रन बनाए भने गौरब खड्काले ४९ रनको योगदान गरे । बलिङ्गतर्फ सिरहाका राज रोय ३, बिकेट र अजय तथा मनिष मण्डलले १÷१ बिकेट हात पारे ।
जवाफमा सिरहाले २० ओभरमा ७ बिकेट गुमाएर ७९ रनमै सिमित रहे । जसमा ओम यादव १८ रोहन बिके १७ अपु चौरसिया १४ रन बनाए । बलिङ्गतर्फ राजविराजका धिरज दास ३ बिकेट र अजय राजबंशी तथा मुकुन्द यादब १÷१ बिकेट हात पारे । खेलको म्यान अफ दि म्याच दलजित कुमारलाई राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश सिंहले पुरस्कार वितरण गरे ।
यस्तै ईष्टर्न कलेज बिराटनगर र रामग्राम नवलपरासी बिच भएको दोस्रो खेलमा टस जितेर बिराटनगरले २० ओभरमा सबै बिकेट गुमाई १०४ रनको योगफल खडा गरे । जसमा सिमान्त राय २५ रन शसांक शेखर २१ राहुल मण्डल नटआउट १६ रन जोडे ।
बलिङ्गतर्फ नवलपरासी पुरन बिके ३ बिकेट जितेन्द्र सहनी २, र रोहन गुप्ता १ बिकेट हात पारे । जवाफमा १०५ रनको लक्ष्य लिएका नवलपरासीले १२.३ ओभरमा ३ बिकेटको क्षतिमा बिजय हासिल गरे । जसमा टिमकालागि संदिप रजालीले बिष्फोटक ब्याटिंग गर्दे ५८ रन जोड भने पुरन बिकेले नटआउट ४० रन बनाएपछि जित सहज भएको हो ।
बलिंगतर्फ बिराटनगरका उदित राय, राहुल मण्डल र राघव यादवले समान्य १÷१ बिकेट लिए । खेलको म्यान अफ दि म्याच पुरन बिके घोषित भए । म्यान अफ दि म्याच बिकेलाई रेडियो नेपालका सम्वाददाता संजिवबिक्रम साहले प्रदान गरे ।
आइतवार क्वाटर फाइनल खेल अन्तर्गत पहिलो खेल रञ्जितपुर राइर्डस सप्तरी र महोत्तरी तथा गणपति राजविराज र नवलपरासी बिच हुने आयोजक समितिका सदस्य उज्वल यादवले बताए ।