• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

एमपिएलको तेस्रो दिनको खेलमा युथ एकेडेमी ७ बिकेटले विजयी

एमपिएलको तेस्रो दिनको खेलमा युथ एकेडेमी ७ बिकेटले विजयी

राजविराज, ४ कात्तिक । राजविराजमा सञ्चालित एमपिएलको टि टवान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको बिहिवार सम्पन्न खेलमा बिराटनगरलाई ७ बिकेटले पराजित गर्दे युथ क्रिकेट एकेडमी राजबिराजले विजयीको शुरुवात गरेको छ ।
राजविराजस्थित रंगशालामा सञ्चालित आजको खेलमा टस जितेर पहिले व्याटिङ्ग गर्दै गुराँस क्रिकेट कल्वले १९.५ ओभर खेल्दै सबै बिकेट गुमाई ८० रनमै सिमित रहे । जसमा टिमका लागी अनिल यादव १६ रन प्रशान्त सिंह तथा कालीचरण यादवले १२÷१२ रन वाहेक कुनै खेलाडीले दोहोरो अंक पार गर्न सकेन ।
गुराँस टिमलाई सस्तोमा समेटिन बलिङ्गतर्फ युथका मिनाष थापाले ४ ओभरमा १३ रन खर्चेर घातक बलिङ्ग गर्दे ३ बिकेट लिएपछि बिराटनगर टिमले राम्रो स्कोर गर्न सकेन । यसैगरी युथका मिकु मण्डल र विवेक यादवले समान्य २÷२ विकेट हात पारेका थिए ।
जवाफमा ८१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजविराज युथ एकेडमीले मिनाष थापाको उत्कृष्ट ब्याटिंग गरेपछि टिमले ११.१ ओभर खेल्दै आफनो ३ विकेट क्षतिमा बिजय हासिल गरे । जसमा टिमका लागी मिनाषले ३ चौकाको मदतले २६ रन, रवी रायले २० रन बनाए । बलिङ्गतर्फ बिराटनगरका अनिल यादव, महबुव ईराकीले १÷१ बिकेट लिएपनि टिमलाई जिताउन प्रयाप्त हुन सकेन । खेलको म्यान अफ द म्याच युथ एकेडमीका मिनाष थापा घोषित भएका थिए । घोषित म्यान अफ दि म्याच थापा लाई नेकपा माओवादी वाईसियल केन्द्रिय सदस्य मुकेश यादबले पुरस्कार प्रदान गरे ।
शुक्रवार पहिलो खेल झापा ११ र गणपति क्रिकेट क्लव राजविराज तथा दोस्रो खेल रञ्जितपुर क्रिकेट क्लव सप्तरी र सुनसरी क्रिकेट एकेडमी बिच हुने आयोजक समितिका पवन दासले जानकारी दिए ।