वीरगंज, १ कार्तिक । मोडेल युवराज केसरीको नयाँ नेपाली म्युजिक भिडिओ म जुन तिमी ताराको छायांकनको प्रारम्भिक कार्य शुरु भएको छ ।
केसरीले यस अघि चार वटा म्युजिक भिडिओ गरिसकेका छन् । पाँचौ म्युजिक भिडिओ तिहार र छठ पर्वको उपलक्ष्यमा बजारमा ल्याउने तयारी भइरहेको निर्माता निरबिक्रम कार्कीले बताएका छन् । वीरगञ्जका चर्चित मोडलहरुसँग युवराजले खेलेको मायालु तिमीमा भारती गुरुङ्ग, जिन्दगीमा प्रिया क्षेत्रि, तिमीलाई देखेर कास्मा अधिकारी, तिम्रो खुशीमा श्रेया मानन्धरका साथ सफलता पुर्व कार्य गरि र पाँचौ म्युजिक भिडिओ मोनिका श्रेष्ठका साथ छायांकन कार्य शुरु गरिएको कोरीयोग्राफर एवं निर्देशक बिजय ठाकुरले बताए ।
२०१४ मा वीरगंज मोडेल भएका युवराज केसरी विभिन्न ईभेन्टहरुमा फैसन शो, ब्युटि प्रेजेन्ट प्रतियोगिता र निर्णायकको भुमिका समेत गरिसकेका छन् । म जुन तिमी तारा म्युजिक भिडियोको वीरगंज, सिमरा र जितपुरमा सुटिङ्ग गर्ने सहायक निर्देशक एवं क्यामरा मैन बिकास गुरुङ्गले बताए । म्युजिक भिडियोमा मैकअप म्यान धिरेन्द्र ठाकुर र गायक अनुप तिवारी रहेका छन् ।