• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरी र युवाबीचको फुटबल क्लिनिक सम्पन्न

राजविराज, २० असोज । ‘हाम्रो टिम मैदानमा’ अभियान अन्तर्गत प्रहरी र युवाबीचको फुटबल क्लिनिक बिहीबार सम्पन्न भएको छ ।
पहुँच परियोजना अन्तर्गत गरिएको फुटबल क्लिनिक चार समूहबीच मैत्रीपूर्ण फुटबल खेलेर बिहीबार सकिएको हो । स्थानीय राज रंगशालामा भएको मैत्रीपूर्ण खेलमा निलो टिमले विजयी हात पारेको छ । उसले पहेलों टिमलाई टाइब्रेकरमा चारका बिरुद्व पाँच गोलले पराजित गरेको छ ।
यसअघि हरियो र निलोबीच भएको खेलमा निलोले हरियोलाई पराजित गरेको थियो । निर्धारित २० मिनेटभित्र कुनै पनि टीमले गोल गर्न नसक्दा टाइब्रेकर खेलाइएको थियो । टाइब्रेकरमा निलोले हरियोलाई तीनकाबिरुद्व पाँच गोलले पराजित ग¥यो । यसैगरी पहेलों र रातोबीच भएको खेलमा पहेंलोले रातोलाई टाइब्रेकरमै हरायो । निर्धारित समयभित्र कुनै गोल हुन नसक्दा खेलाइएको टाइब्रेकरमा पहेंले रातोलाई दुईका बिरुद्व तीन गोलले पराजित ग¥यो ।
खेल समापनपछि सबै सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो । उच्च अदालत जनकपुरको इजलास राजविराजका प्रमुख माधव पोखरेल, प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालसहितकाले प्रमाण पत्र बितरण गरेका थिए । तीन दिनसम्म संचालन भएको फुटबल क्लिनिकमा बिभिन्न किसिमको खेल मार्फत युवाहरुलाई तालिम दिइएको थियो ।
युके ऐड र सर्च फर कमन ग्राउण्डसंगको साझेदारीमा सबल नेपालले सञ्चालन गरेको फुटबल क्लिनिकमा २० जना प्रहरी र बिभिन्न क्षेत्रका ६० जना युवाहरुको सहभागिता रहेको थियो ।