• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सिने परिवारद्वारा शुभकामना आदान–प्रदान

काठमाण्डौ, १४ असोज । विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुक्रवार मैथिली सिने परिवारद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो ।

काठमाण्डौ स्थित मधेश मिडिया हाउसमा वरिष्ठ गीतकार कालीकान्त झा ‘तृषित’को प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वरिष्ठ गायक रामा मण्डल, वरिष्ठ कलाकार सरोज खिलाडि, सङ्गीतकार कमल मण्डल, सन्तोष मेहता, तुलसी चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।