• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा मैथिली कविता प्रतियोगिता(भिडिअाे समेत)

राजविराजमा मैथिली कविता प्रतियोगिता(भिडिअाे समेत)

राजविराज, १० असाेज । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–९ स्थित मैथिली साहित्य परिषद्को भवनमा सोमवार मैथिली कविता प्रतियोगिताको आयोजना गरियो ।
मैथिली साहित्य परिषद्को सहयोग एवम् मैथिली कलाकार परिषद्को संयोजनामा आयोजित प्रतियोगितामा सहभागीमध्येबाट ग्रीन सेकेण्ड्री स्कुल राजविराजकी निभा दास प्रथम स्थान प्राप्त गर्न सफल भएकी छिन् । यसैगरी भारदहस्थित इस्टर्न बोर्डिङ्ग स्कुलका अमित मिश्र दोस्रो, शिव इन्टरनेशनल बोर्डिङ्ग स्कुलका सिद्धार्थ यादव तेस्रो स्थान प्राप्त गरेका छन भने न्यू रोज पब्लिक स्कुल राजविराजकी प्रभा प्रितीले सान्त्वना स्थान प्राप्त गरेकी छिन् । img_0246
कार्यक्रममा ग्रीन सेकेन्ड्री स्कुल राजविराजका विजय कुमार दास र निभा दास, इस्टर्न बोर्डिङ्ग स्कुल भारदहबाट अमित मिश्र र साक्षी मिश्र, मनोकामना बोर्डिङ्ग स्कुल राजविराजबाट स्वीटी साह र सञ्जीव मण्डल तथा दुर्गा सेकेण्ड्री स्कुल राजविराजबाट मिहिर मिश्र र दिपेश झालगायतले सहभागिता जनाएका छन् ।
यसैगरी शिव इन्टरनेशनल बोर्डिङ्ग स्कुलका सिद्धार्थ यादव र प्रिया कुमारी झा, विज्डम बोर्डिङ्ग स्कुलबाट समिक्षा झा र पुष्पराज यादव सहभागी थिए भने न्यूरोज पब्लिक स्कुल राजविराजबाट प्रथा प्रिति र गौतम कृष्ण झाले सहभागीता जनाएको मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् । निर्णायक मण्डलीमा हितनारायण लाल दास र गीतकार अशोक झा सन्तोष रहेका थिए ।
विजयी प्रतियोगिहरुलाई प्रमुख अतिथी मिश्र, परिषद् अध्यक्ष शुभचन्द्र झा, परिषद्का सचिव यादव र गीतकार झाले पुरस्कार प्रदान गरेका छन् । प्रतियोगितामा छात्र–छात्राहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कलाकार परिषद्का अध्यक्ष राम अधिन साह ‘सन्तोषी’को अध्यक्षता तथा मैथिली साहित्य परिषद् सप्तरीका पूर्वअध्यक्ष देबेन्द्र मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका ७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता जनाएका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथी मिश्र, विशिष्ठ अतिथी शुभचन्द्र झा, कवि महेन्द्र प्रसाद मण्डल ‘बनवारी’, सञ्चारकर्मी अनिल कुमार इशर, मैथिल महिला परिषद्की कोषाध्यक्ष पिंकी झा र शिक्षिका बिनिता झा, मैथिली फिल्म निर्देशक धर्मेन्द्र धर्मात्मालगायतले वाचन गरिएका कवितामाथि टिप्पणी गर्दै निरन्तर कलम चलाउन आग्रह गरे ।

भिडिअाे हेर्न केहीबेर प्रतिक्षा गर्नुहाेस् ।