• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशी स्वास्थ्यकर्मी फोरमको जिल्ला कार्यसमिति गठन

मधेशी स्वास्थ्यकर्मी फोरमको जिल्ला कार्यसमिति गठन

राजविराज, १० असोज । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल सप्तरीको दोस्रो जिल्ला अधिवेशनले भुषण सुनरैतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आइतवार सम्पन्न बन्द शत्रले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शैलेन्द्र यादव, महिला उपाध्यक्षमा कोमल यादव, आयुर्वेद उपाध्यक्षमा कबिता चौधरी, सचिवमा धर्मेन्द्र कुमार खड्गा, सह–सचिवमा शिनाथ गामी, कोषाध्यक्षमा रामचन्द्र यादव र सह–कोषाध्यक्षमा लक्ष्मीनारायण झालाई चयन गरिएको छ ।
समितिको सदस्यमा मनोज यादव, कृष्णकुमार यादव, ध्रुव प्रसाद गुप्ता, निलम कुमारी मेहता, राजेश कुमार यादव, सुधा जयशवाल र सरिता श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल सप्तरीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्य एवम् स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रीय अध्यक्ष बालकिशोर प्रसाद यादव, महासचिव कृष्णलाल यादवसमेतको विशेष उपस्थितिमा सम्पन्न महाधिवेशनबाट नयाँ समिति चयन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । swastyhyakarmi-forum-saptari-2