• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पोखरियामा निःशुल्क आँखा शिविर

वीरगञ्ज, ३ असोज । पोखरिया अस्पतालको आँखा विभागको आयोजना र नारायणी युनेस्को संघ नेपालको सहयोगमा सोमवार पोखरिया अस्पतालमा एक दिने निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।
शिविरमा २४६ व्यक्तिहरुको आ“खा परीक्ष्ँण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा नेत्र रोग विशेषज्ञ मनोरञ्जन यादवलगायतले रोगीहरुको आँखा चेकजाँच गरी औषधि वितरण गरेका छन् ।
कार्यक्रमको सभापतित्व युनेस्कोका उपेन्द्र यादवले गरेका थिए भने अस्पतालका अन्य कर्मचारीहरुले सहयोग गरेका थिए । एकदिने निःशुल्क आँखा चेकजाँच शिविरमा सयौं गाउ“लेहरुको सहभागिता जनाएका थिए । पोखरिया अस्पतालमा आँखा विभाग आएदेखि ग्रामीणवासीलाई आँखा उपचार गर्न सहज भएको छ ।