बिराटनगर, २ असोज जितिया पर्वको अवसरमा आइतवार विराटनगरमा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको छ ।
सद्भावना महिला मञ्च एवम् पुर्वाञ्चल मैथिली जन साँस्कृतिक मञ्च विराटनगरको संयुक्त आयोजनामा विराटनगरको पञ्चमुखी हनुमान मन्दिरको छेउमा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको हो । सदभावनाका केन्द्रिय सदस्य दिलिप धडेवाको प्रमुख आतिथ्य एवम् बलीउडका कलाकार नाफे खानको विशिष्ट आतिथ्यतामा सम्पन्न जीतिया समारोहमा स्थानिय कलाकार, कवि तथा गायकहरुले ,मैथिली एवम् राष्ट्रिय भाषामा गीत, नृत्य, कविता एवम् कला प्रस्तुत गरेका छन् ।
कार्यक्रमका अध्यक्ष राधा मण्डलले दहेज प्रथाको अन्त्य एवम् चेलीछोरी भ्रुण हत्याको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सोहि अवसरमा आशावादी भानु कला केन्द्रकी संस्थापक माया पौडेललाई उनले मैथिली भाषाकोलागि गरेको योगदानको कदर गर्दै सम्मानपत्रले अतिथी धडेवाले सम्मान गरे । कार्यक्रममा मैथिली सेवा समितिका उपाध्यक्ष फुल कुमार देव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य एवम् मैथिली गायिका प्रिती झा, मैथिली गायक विरेन्द्र झा, मनोज यादव,सन्नु कुमार खंग, मैथिली चलचित्र डायरेक्टर राजु चौधरी, भानुकला केन्द्रका प्रेम सुनाम, प्रचण्ड पौडेल, राकेश रोशन यादव, पुनम कर्ण , आशा झा, वपरडेककी सन्जु साह, वन्दना चौधरी ,रन्जु पौदार, बसुन्धरा झा लगायतले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रम सञ्चालक सोनुकुमार दासले जानकारी दिए ।