• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

हिन्दी म्युजिक भिडिओ ‘तेरे मेरे दरमिया’को बिमोचन

हिन्दी म्युजिक भिडिओ ‘तेरे मेरे दरमिया’को बिमोचन

वीरगञ्ज, १ असोज । हिन्दी म्युजिक भिडिओ तेरे मेरे ‘दरमिया’को शनिवार एक कार्यक्रमका बिच बिमोचन गरिएको छ ।
वीरगंज माईस्थान स्थित क्याण्डी सप रेष्टुरेन्टमा वीरगंजका स्थानिय गायक अशोक प्रधानले उक्त म्युजिक भिडियोको बिमोचन गरेका हुन् । सप्तरीको राजबिराज निवासी अशोक आर्यन यादवको मुख्य भुमिका रहेको म्युजिक भिडियोमा नायिका मलिका चौलागाई, सहयोगि कलाकारमा राज रोकाया रहेका छन् । त्यसैगरी म्युजिजको निर्देशक र छायांकन रन्धीर श्रेष्ठले गरेका छन् भने निर्माता दिपेन्द्र यादव रहेका छन्। aryan-yadav-1
भिडिओमा भन्टु यादवको स्वर र शब्द रायन कायस्तको रहेको छ । भिडिओकोलागि फोटो ग्राफिक्स र सह छायांकन बिकास प्रजापति र मेकअपमा चन्द्र गुरुङ्ग र सन्तोषले गरेका छन् । लारेव बावलाको संगीत र अशोक आर्यन यादवको कथा रहेको भिडिओको छायांकन काठमाडौं र वीरगञ्जका बिभिन्न ठाउँमा गरिएको छ ।
ईनोसेन्ट हर्ट नामक एलबमा रहेको गीत ‘तेरे मेरे दरमिया’को बिमोचनमा बोल्दै नायक यादवले एल्बममा रहेका अन्य गीतहरु चाँडै नै बजारमा ल्याउने बताए । सोमबार संग्स नेपाल मार्फत युट्युवमा गीत उपलब्ध हुने जानकारी दिए । बिमोचन कार्यक्रममा कान्तिपुरका शंकर आर्चाय, प्रतिक दैनिकका राधेश्याम पटेल, जनसृष्टिका युवराज खड्का, वीरगंज टिभिका दिपेश श्रेष्ठ, समाजसेवी कमल चौलागाई, मार्टिन मोक्तान, गायक अशोक प्रधान, स्थानिय कलाकार आनन्द चर्तुवेदी, युवराज केशसरी, माउन्टेन टेलिभिजनका राजन रौनियार, रोयल ईन्टरटेन्मेन्टका बिजय ठाकुर , विईङ्ग हुमेनका तनवीर आलमलगायतको उपस्थिति रहेको थियो ।