• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रसौनी निःशुल्क आँखा शिविर

बिरगञ्ज, १ असोज । बाराको प्रसौनी गाबिस नवतन नम्बर–९ मा शनिवार निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

रेडियो तराई श्रोता कल्ब, नवतन युवा कल्बको आयोजना तथा दृष्टी आँखा अस्पतालको प्रविधिक सहयोगमा भएको कार्यक्रममा २९० जनाको आँखाको परीक्षण गरिएको छ । निःशुल्क आँखा शिबिरमा ८० जनामा मोतिया बिन्दु रोगी भटिएको अस्पतालका दृष्टी बिशेषज्ञ बसन्त पौडेलले जानकारी दिएका छन् ।
उनीहरुको शल्यक्रिया क्लबसँगको सहकार्यमा गरिने उनले बताए । कार्यक्रममा अस्पतालका प्रतिनीधि रैजु साह, श्रोता कल्बको सञ्चार प्रवक्ता कृष्णा यादव, नवतन युवा कल्बका श्रीनारायण साह, रामबाबु गुप्ता, रेडियो तराईका स्टेशन मैनेजर राजेन्द्र सिंहलगायतकाको सहभागिता रहेको थियो ।