Top_Header_Right_Add

गुरिल्ला युद्धका योद्धा रामराजा प्रसाद सिंह

गुरिल्ला युद्धका योद्धा रामराजा प्रसाद सिंह

श्यामसुन्दर यादव
मधेशको पावन धर्तीमा शोषण, दमन, अन्याय, अत्याचार एवम् विभेद विरुद्ध आजीवन संघर्ष गर्ने योद्धाहरु जन्मिए । क्रुर अत्याचारी शासक विरुद्ध लड्दालड्दै अलविदा भईसकेका योद्धाहरुमध्ये एक हुन् रामराजा प्रसाद सिंह ।
शिखर व्यक्तित्व सिंहको नाम मात्रले मधेशको क्रान्तिकारी भूमी र मधेशीको अदम्य साहसको परिचय दिन्छ । शासक वर्गको मुटु थर्काउने योद्धा रामराजा हामी बीचबाट विदा भएको चार वर्ष वितिसकेको छ । तर समानताको संसार बसाउने संकल्पकासाथ आजीवन लडाई लडेका वरिष्ठ गणतन्त्रवादी नेता सिंहको सपना हालसम्म साकार हुन सकेको छैन् । अहिले देशको आधा भूभाग अर्थात मधेशलगायत पहाडका पनि आदिवासी, जनजातीलगायतका समुदायले गत वर्षको असोज ३ गते जारी भएको संविधान अस्वीकार गरेको छ ।
सिंहको भौतिक शरीर हामी बीच छैन, तर उनको संघर्षमय जीवनगाथा र निःस्वार्थ व्यक्तित्व अहिले पनि उतिकै जाज्वल्यमान छ । संघर्षको बाटोमा समर्पण र अविचलित सिंहको स्वभाव युवा पुस्ताका लागि त अझैं अनुकरणीय छ ।
बि.स. १९९१ मा सप्तरीको कोईलाडी गाविस वडा न.– १ मा उनको जन्म भएको थियो । उनी जेठो सन्तानको रुपमा यस धर्तिमा पाईला टेकेका थिए ।

हनुमाननगर जेल तोडेको आरोपमा उनका बुवा जयमंगल सिंह जेल परेका थिए । काठमाण्डौ स्थितको जेलमा रहेका बुवालाई भेट्न जाँदा रामराजा समेत जेलमा हालिए । कलिलो उमेरमा विभिन्न घटनाक्रमले गर्दा वहाँलाई कट्टर क्रान्तिकारी बनाउन मद्दत गर्यो ।
सोही आरोपमा वि.सं. २००० वहाँ ९ वर्षको कलिलो उमेरमा भाइ लक्ष्मणप्रसाद सिंह र बुबा जयमंगल सिंहसँगै जेल परे । जेलबाट छुटेपछि भारत प्रवासका क्रममा सिंहले भारतको दिल्ली स्थितको विश्व विद्यालयमा कानून अध्ययन गरे । यसै क्रममा उनले क्रान्तिकारी नेता चे ग्वेवारालाई बर्मामा भेंट गर्ने अवसर पाएका थिए । ग्वभाराले नै सिंहलाई नेपालमा गुरिल्ला युद्ध आवश्यक रहेको बताएका थिए ।

आदर्शवादी राजा दशरथको जस्तै उनी चार दाजुभाइ थिए । उनका भाइहरु लक्ष्मण, भरत र शत्रुध्न थिए । रामायणमा जसरी भाइ लक्ष्मणले रामलाई साथ दिएका थिए, त्यसरी नै रामराजासिंहसँगै उनका भाइ संघर्षमा सहयात्रीको भूमिका निर्वाह गर्दैआएका थिए । उनले नेतृत्व गरेको जनवादी मोर्चाको महासचिवको जिम्मेवारी भाइ लक्ष्मणले सम्हाल्दै आएका थिए । अर्का भाइ भरत पटना मेडिकल कलेजमा वरिष्ठ चिकित्सकको रुपमा कार्यरत छन् । कान्छो भाइ शत्रुध्न सिंचाई विभागमा ईन्जिनियरको रुपमा कार्यरत थिए ।

भाइ लक्ष्मणकासाथै उनको समेत निधन भईसकेको छ ।
वरिष्ठ गणतन्त्रवादी नेता रामराजाको विवाह २१–२२ वर्षको उमेरमा भारतको सितामढी स्थित हरिहरपुरमा एक सम्पन्न परिवारकी छोरी ईन्द्रकला सिंहसँग सम्पन्न भएको थियो । दिल्ली अध्ययनरत रहँदा वहाँ वैवाहिक जिवनमा बाँधिए पनि राजनितिक यात्रामा भने खासै असर परेन । बरु पत्नी ईन्द्रकलाले उनलाई सहयोग नै गरिन् । उच्च रक्तचापका कारण उनकी पत्नी ईन्द्रकलाको समेत १४ वर्ष अघि नै देहावसान भईसकेको छ । उनका जेठो छोरा मनोजकुमार सिंह चिकित्सक पेशामा छन् भने कान्छो छोरा पंकजकुमार राजविराजमै व्यवसाय गर्दैआएका छन् ।

रामराजाले भाषणमा भन्ने गर्दथे, कोशीमा पानीको सट्टा रगत बग्नेछ, खेत खलिहानमा कार्तुस उब्जिनेछ, आँपको रुखमा आँप फल्नुको सट्टा बम फल्नेछ ।OLYMPUS DIGITAL CAMERA

जमिन्दार परिवारमा जन्मिएका रामराजा बाल्यकालदेखि नै क्रान्तिकारी स्वभावका थिए । भारतको बिहार राज्यअन्तर्गत दरभंगा स्थित मामाघरमा बसेर उनले अध्ययन गरेका थिए । सोही क्रममा त्यहाँ भारत छोडो आन्दोलन चलिरहेको थियो । आन्दोलनकारी र तिनको हतियार सप्तरीको कोईलाडी–१ स्थित घरमा नेपाल प्रहरीले फेला पारेका थिए । भारतीय स्वतन्त्रताप्रेमी नेताहरु बुबाको साथमा घर आउँदा पक्राउ परे । उनीहरुलाई सप्तरीको हनुमाननगर जेलमा राखिएको थियो । पक्राउ परेका भारतीय स्वतन्त्रताप्रेमी नेता जयप्रकाशनारायण, डा. राममनोहर लोहिया लगायतलाई छुटाउन सिंहका बुबा र गाउँलेहरु मिलेर हनुमाननगर जेलमा आक्रमण गरेका थिए ।
हनुमाननगर जेल तोडेको आरोपमा उनका बुवा जयमंगल सिंह जेल परेका थिए । काठमाण्डौ स्थितको जेलमा रहेका बुवालाई भेट्न जाँदा रामराजा समेत जेलमा हालिए । कलिलो उमेरमा विभिन्न घटनाक्रमले गर्दा वहाँलाई कट्टर क्रान्तिकारी बनाउन मद्दत गर्यो ।
सोही आरोपमा वि.सं. २००० वहाँ ९ वर्षको कलिलो उमेरमा भाइ लक्ष्मणप्रसाद सिंह र बुबा जयमंगल सिंहसँगै जेल परे । जेलबाट छुटेपछि भारत प्रवासका क्रममा सिंहले भारतको दिल्ली स्थितको विश्व विद्यालयमा कानून अध्ययन गरे । यसै क्रममा उनले क्रान्तिकारी नेता चे ग्वेवारालाई बर्मामा भेंट गर्ने अवसर पाएका थिए । ग्वभाराले नै सिंहलाई नेपालमा गुरिल्ला युद्ध आवश्यक रहेको बताएका थिए ।
क्युबामा क्रान्ति सफल भइसकेपछि दिल्ली विश्वविद्यालयमा विद्यावारिधि गर्नकालागि आएकी क्लाराले ‘चे’सित भेंट गराएकी थिइन् । सन् १९६१ मा बर्माको एउटा टापुमा सिंहसमेत १३ जनाले ‘चे’लाई ६–७ घण्टाको भेंटमा भाषिक समस्या भएपनि पनि क्लाराले दोभाषेको भूमिका निभाएकी थिईन् । चे ग्वेवाराले भनेका थिए– पहिला घरबाट संघर्ष थाल, अनि देशमा” । सोही अनुरुप उनले सुखसयलको जीवन परित्याग गरेर संघर्षमय जीवनको बाटो अंगिकार गरेका थिए । ramraja-prasad-singh-2
कानून पढेर फर्केपछि सर्वोच्च अदालतका अधिवक्ता भएका उनले वि.सं. २०१९ सालमा राजा महेन्द्रमाथि बम प्रहार गर्ने अभियोगमा फाँसीको सजाय पाएका दुर्गानन्द झाको बलिदानमाथि सम्मान र त्यसको प्रशंसा गर्दै पर्चा निकालेका थिए । उक्त पर्चा उनको निक्कै लोकप्रिय भएको थियो । पर्चाको फोटोकपीसमेत महँगोमा बिक्री भएको थियो ।
वि.स. २०२४ सालमा राष्ट्रिय पञ्चायतको चुनावमा प्रजातन्त्र स्थापनाको नारा लिएर स्नातक उतीर्णको कोटाबाट उठेका थिए । यद्यपी जलेश्वरमा उनी पक्राउ परेका थिए । वि.सं. २०२८ सालमा फेरि स्नातक कोटामै उम्मेदवार बनेर जित्न सफल भए । दुर्भाग्य नै भन्नुपर्छ उनले मधेसबाट भोट भने भएन । काठमाडौं र पश्चिमी पहाडबाट मात्र उनले भोट पाए । चुनाव जितेपछि प्रहरीले उनलाई पक्राउ गर्यो । राष्ट्रिय पञ्चायतको सदस्यलाई सपथ खुवाउने कि नखुवाउने भनेर त्यतिबेला निक्कै विवाद भयो । पञ्चहरुबीच नै यसबारे मतभेद थियो । राजाबाट माफÞी पाएपछि मात्र उनले सपथग्रहण गरे ।
सपथग्रहण लगत्तै उनलाई निलम्बन गरेर जेलमा हालियो । रामराजा डरलाग्दा मान्छे हो भन्ने कुरा राजा महेन्द्र र त्यतिबेलाका पञ्चहरुलाई थाहा भईसकेको थियो । रामराजा जेलमा रहेकै बेला राजा महेन्द्रबाट उनलाई दुई पटक दरबारमा ल्याएर प्रधानमन्त्रीकोलागि अफर भयो । तर रामराजाप्रसाद सिंहको कडा उत्तर थियो– पैसा हरियो होस् या निलो होस् या डलर होस् या अरु कुनै होस् त्यसको कुनै मतलब छैन, भन्दिनुस् ‘म बिकाउ होइन अर्थात क्ष् बm लयत ायच कबभि। उनको यस्तो जवाफपछि फेरि रिसले चूर हुँदै राजा महेन्द्रले जेल हालिदिए ।
यस्तो अवस्थामा बीपी कोइरालाले केही गर्छन् कि भन्ने उनलाई आशा थियो । तर बीपी पनि राजासित मिलेको थाहापछि उनले जनवादी मोर्चा बनाएर सशस्त्र संघर्षको तयारी गरे । उनकै योजनामा २०४२ सालमा बमकाण्ड भयो । काठमाडौंसहित झापा, बिराटनगर, जनकपुर, वीरगंज, भैरहवा, कञ्चनपुरलगायतका प्रमुख स्थानहरुमा बम बिष्फोट गराईयो । गणतन्त्रकालागि सशस्त्र संघर्षका क्रममा गराएको बमकाण्डमा राष्ट्रिय पञ्चायतका सदस्यसहित ३ जनाको मृत्यु भयो । अरु कैयौं घाइते भए । काठमाडौंस्थित राष्ट्रिय पञ्चायत भवन, अन्नपूर्ण होटल र राजदरबारको गेटमा विस्फोट गरेर क्रान्तिलाई उँचाईमा पु¥याए । उक्त विष्फोटहरुमा केही निर्दोष व्यक्तिहरुलाई नियन्त्रणमा लिएर चरम यातना दिएर निर्मम हत्या गरियो । उक्त विष्फोटले नेपालका सत्ताधारीहरुको मुटु थर्कियो । उनी बिरुद्ध छुट््टै अदालत बनाएर मुद्दा दर्ता गरियो । तत्पश्चात उनलाई मृत्युदण्डको सजाय भयो । त्यतिबेला पनि रतिभर विचलित नभई भारतमा निर्वासित जीवन विताउने क्रममा भारतले दरबारसँग केही सम्झौता गरेर होला रामराजालाई पक्राउ गर्यो र बंगलादेशको एक टापुमा लगेर छोडियो । कतिपयले उनलाई भारतद्वारा सञ्चालित भनेर आरोप समेत लगाए ।
क्रुर पञ्चायती शासन चलिरहँदा पनि तिलाठीबाट हतियारै बोकेरै राजविराज आउँथे। रामराजा प्रसाद सिंहको भाषण सुन्न नेताहरुसमेत लालायित रहने गरेको तथा पर्चामा लेखिएका कुराहरु त्यतिबेला पाँच सय रुपैयासम्ममा बिक्री हुने गर्दथ्यो । त्यतिबेला रामराजाले भाषणमा भन्ने गर्दथे, कोशीमा पानीको सट्टा रगत बग्नेछ, खेत खलिहानमा कार्तुस उब्जिनेछ, आँपको रुखमा आँप फल्नुको सट्टा बम फल्नेछ, उनका भाषण सुनेपछि जोकोहीको शरीरमा रगत उम्लिन थाल्थ्यो।
उनका पिता जयमंगलप्रसाद सिंहसमेत क्रान्तिकारी व्यक्ति थिए । त्यहि भएर होला रामराजामा पनि बुवाको गुण तथा स्वभाव सानैदेखि देखिन्थ्यो । पञ्चायतको जगजगी रहेको बेला समेत उनमा क्रान्तिकारी जोश थियो । त्यतिबेला जनअधिकार तथा राजनीतिका कुरा मुख खोलेर अभिव्यक्त गर्न नसक्ने अवस्थामा पहिलोपटक गणतन्त्रको शंखघोष उनले नै गरे ।
भारतमा निर्वासित जीवन बिताउने क्रममा आफ्ना कार्यकर्ताहरुकालागि गुरिल्ला प्रशिक्षण समेत सञ्चालन गरेका थिए । भूमिगत रहँदा कैयौ रात भोकै रहेर वा जङ्गलमा उपलब्ध हुने फलफूल खाएर हतियारको प्रशिक्षण कार्यमा निरन्तरता दिएका थिए । लडाकुहरुको वस्ती भनेर चिनिने चम्बल घाँटीसम्म हात–हतियारकालागि सम्पर्क स्थापित गरेका थिए । उनकै क्याम्पमा सहभागी भएका धनुषाका डा. लक्ष्मीनारायण ठाकुर, सप्तरीको फत्तेपुरका युवा दिलिप चौधरी, तिलाठीका शाकेत मिश्रसहितका व्यक्तिहरु अहिले पनि वेपत्ता रहेका छन् । राज्यले नत उनीहरुको अवस्थाबारे हालसम्म चासो देखाएको छ नत शहिद नै घोषणा गरेको छ ।
नेपालमा लोकतन्त्र प्राप्ति पश्चात पहिलो राष्ट्रपति निर्वाचनमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले उनलाई प्रस्तावित उम्मेदवार बनाएका थिए । दुर्भाग्यवस उनी पराजित भए । राजा महेन्द्रको पालादेखि नै गणतान्त्रिक आन्दोलनमा लागेका उनलाई सर्वस्वहरण सहित मृत्युदण्डको सजाय सुनाइएको थियो ।
वि.सं. २०१७ सालमा राजा महेन्द्रको शासनसत्ता थियो । निरंकुश शासनसत्ता विरुद्ध राजनितिक पार्टीहरु समेत जुर्मुराईरहेका थिए । त्यतिबेला रामराजा भर्खर–भर्खर २५–२६ वर्षको लक्का जवान थिए । त्यतिबेला उनको कुनै पार्टी थिएन । त्यतिबेला उनले ‘राजा र राजतन्त्र भनेको पातहरुको प्रतीक हो, त्यसैले राजतन्त्र नै फाल्नुपर्छ’ त्यसपछि पात नै सकिन्छ’ सहितका कडा शब्दहरु प्रयोग गरेर पर्चा निकाले । पुष्पलाल, सुवर्ण शम्शेर सहितका नेताहरुलाई उनले अब सशस्त्र संघर्ष गर्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भनेर त्यतिबेलै भनेका थिए ।
वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि उनीमाथि मृत्युदण्डको सजाय यथावतै थियो । त्यतिबेला मधेशमा नेपाली काँग्रेसको पकड राम्रो थियो । वि.सं.२०४२ सालको बमकाण्डपछि उहाँमाथि लगाइएको मृत्युदण्डको फैसला कायमै रहेकाले चुनाव लड्ने अवसरबाट बञ्चित भए । उनको मुद्दा फिर्ता गर्ने बितिकै चुनाव लडेको भए जित्ने सम्भावना प्रबल रहेकोले होला र जित्ने सम्भावना भएकाले काँग्रेसले मुद्दा फिर्ता गर्न ढिलाइ गरेको भन्ने आरोप पनि लगाईन्छ ।
वि.सं. २०४८ सालमा काँग्रेसले चुनाव जित्यो । त्यसपछि रामराजाको मुद्दा फिर्ता लिन दबाब परेपछि गिरिजाप्रसाद कोइरालाको सरकारले मुद्दा फिर्ता लिईयो । वि.सं. २०४८ सालको आम निर्वाचनमा उनी सप्तरीबाट चुनाव लडे तर सफलता भने प्राप्त गर्न सकेन । शायद जनताले त्यतिबेला पनि उनलाई राम्ररी चिन्न सकेनन् ।
वि.सं. २०६२÷०६३ को आन्दोलनपछि तराईमा सशस्त्र संघर्षरत हतियारधारी समूहको भारतको एक गोप्य स्थानमा आयोजित भेलामा आमन्त्रित सिंहलाई तराईको सशस्त्र क्रान्तिको नेतृत्वका लागि प्रस्ताव गरियो । उनले अस्वीकार गरे ।
एकिकृत नेकपा माओवादीलाई नैतिक समर्थन जनाउँदै आएका नेता सिंह विगत केहीवर्षदेखि कम्मरमुनिको भाग नचल्ने, स्मरणशक्ति हराउने, पिसाब सम्वन्धी रोगबाट पीडित रहँदै आएका थिए । राजविराजस्थित आफ्नै घरमा विश्राम गर्दै आएका थिए । सिंह सिकिस्त हुँदै गएपछि काठमाण्डौस्थित शिक्षण अस्तालमा उपचारार्थ रहेका थिए । उपचारकै क्रममा वि.सं २०६९ साल भदौ २७ गते बुधवार विहान ६ वजेको समयमा महान क्रान्तिनायक सिंहको ७७ वर्षको उमेरमा सदाका लागि विदा भए । उनलाई राज्यले राष्ट्रगौरव सम्मान दिईएको थियो । उक्त सम्मान हालसम्म लौह पुरुष गणेशमान सिंहलाई मात्र दिईएको थियो । उनी आज यस संसारमा नभए पनि उनले देश र जनताको मुक्तिकालागि गरेको योगदानको उच्च मूल्यांकन हुनु आवश्यक छ । गणतन्त्रकालागि सम्पूर्ण जीवन खर्चिएका सिंहको सपना अझैं साकार हुन सकेको छैन ।
(लेखक श्यामसुन्दर यादव ‘न्यूज टुडे’का सम्पादक हुन् )

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer