• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रचण्डको भारत भ्रमण आशा कम, शंका बढी
chandan
चन्दन रौनियार

चन्दन रौनियार । आजैदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा आशा कम र शंका बढी गरिदैछ किन होला ? के प्रधानमन्त्री प्रचण्ड यति धेरै शंका गर्नुपर्ने व्यक्ति हुन त ?
एकाथरी बोल्ने तर व्यवहारमा अर्कैथरी गर्ने प्रधानमन्त्री प्रचण्डको स्वभाव र चरित्रका कारण अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जति सशंकित छ । उति नै शंका गर्दैछन् प्रचण्डलाई राम्रैसँग भोगेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराई । धेरैको बुझाई छ,यो सरकार दक्षिणकै जोडबलमा निर्माण भएको हो । यसकै फलस्वरुप यस अगाडि उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारत भ्रमण गर्दा फाष्ट ट्रयाक भारतलाई सुम्पने योजना बनाएको खबरले प्रश्रय पायो । यद्यपि प्रधानमन्त्री प्रचण्डले फाष्टट्रयाक नेपालीले नै बनाउनुपर्ने बताउन छाडेका छैनन् ।
एमालेले प्रचण्डलाई घाँटी–घाँटी हुने गरी भोगेकै हो । त्यही कारण पनि प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रचण्डलाई ६ बुँदे खबरदारी समेत एमालेले गराइसकेको छ । प्रचण्डलाई खबरदारी गराउनेमा विवेकशील नेपाली नामक पार्टी पनि छ । यस्का अलवा नागरिक समाजले समेत भारतसँग नेपाललाई दीर्घकालिन घाटा हुने कुनै पनि प्रकारको सन्धी सम्झौता नगर्न झकझकाइसकेका छन् ।
यस्तै पूर्व प्रधानमन्त्रीहरु केपी ओली, झलनाथ खनाल, माधव नेपाल, लोकेन्द्र बहादुर चन्दसहित बाबुराम भट्टराई, विवेकशील नेपाली पार्टी, नागरिक समाजसम्मले मेत प्रचण्डलाई कुनै पनि राष्ट्रघाती सन्धी सम्झौता नगर्न सचेत गराएका छन् । प्रचण्डप्रति धेरैले यति बिध्न शंका गर्नुको कारण घन्टा घन्टामा बोली फेर्ने उनको व्यवहार नै प्रमुख कारण मानिन्छ ।