• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेश र एमालेको राष्ट्रवादी नश्लवाद
balram-yadav
बलराम यादव

बलराम यादव
नेपाल एउटा बहुराष्ट्रिय (Multi-Nationalities) देश हो, जस अन्तर्गत मधेसी राष्ट्रियता(Madheshee Nationality) को आफ्नो छुट्टै किसिमको विशेष पहिचान छ । मधेशीहरु करिब आधा शताब्दी भन्दा बढी समय देखि आफ्ना पहिचानसहितको राष्ट्रियता र अधिकारको लागि लडिरहेका छन् । विशेषरुपमा माओवादीको जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलन पछि अहिलेसम्म तीनवटा मधेश आन्दोलन भएका छन् । नेपालका अधिकार आन्दोलनको ट्रेन्ड हेर्दा नेपालको इतिहासमा प्रत्येक १०–१५ वर्ष भित्रमा एउटा आन्दोलन हुने गर्दछ तर मधेशमा ०६३ माघमा पहिलो, ०६४ फाल्गुनमा दोस्रो र ०७२ मा शुरु भएको मधेशको तेस्रो आन्दोलन जारी छ ।
२०७२ को मधेश आन्दोलन दुनियाँको सबैभन्दा लामो शान्तिपूर्ण आन्दोलन हो । यो आन्दोलनलाई दमन गर्नमा काँग्रेस, एमाले र माओवादीलाई हेर्ने हो भने, कसैको भूमिका कम थिएन । संविधान घोषणा गर्ने बेलामा काँग्रेस–एमालेको सरकार थियो भने संविधान घोषणा पछि एमाले–माओवादीको सरकार थियो । विशेष रुपमा केपी शर्मा ओलीको सरकार र एमाले पार्टीको दृष्टिकोण मधेस आन्दोलन प्रति ज्यादै नै नकारात्मक अथवा नश्लवादी चरित्रको देखियो । किनभने मधेस मधेसको पहिलो र दोस्रो आन्दोलनले लोकतान्त्रिकरुपी बाहुन राज्य सत्तालाई सैद्धान्तिक रुपमा कबुल गर्न बाध्य गरायो । जो पहाडका बाहुनहरुको जमात भएको पार्टी एमालेलाई देश संघीयतामा जाओस भनि स्वीकार्य थिएन । किनभने एमालेका शिर्षस्थ नेताहरुले पहिलादेखि र अहिलेसम्म भन्ने गर्छन कि संघीयता हाम्रो मुद्दा होइन, जब कि मधेस आन्दोलनले नै संघीयतालाई सैद्धान्तिक रुपमा स्थापित गरेको हो ।
२०७२ साल बैशाख १२ मा नेपालमा महाभूकम्प आयो र त्यसपछि विशेषरुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जीलाई फेरी राष्ट्रको स्वाधिनता नै वहाँलाई खतरमा परेको अनुभूति भयो र तथाकथित फास्ट ट्रयाकको मार्फत संविधान बनाउनको लागि काँग्रेस, एमाले र माओवादीको बीचमा १६ बुँदे सहमति भयो जो माओवादीको जनयुद्ध, ०६२÷०६३ को जनआन्दोलन, मधेस आन्दोलन र विशेष रुपमा अन्तरिम संविधान ०६३ को माइन्डेटको विपरित थियो । यो १६ बुँदे सहमतिले नै जन्म दियो नश्लवादी संविधान÷नश्लभेदी संविधान २०७२ । यो बाहुने संविधान बिना नामांकन र सिमांकनको बगैर ल्याउनेबाला थियो जब सर्वोच्च अदालतले बिना नामांकन र सिमांकनको ल्याएको संविधान अन्तरिम संविधानको अन्तरवस्तु विपरित हुन्छ भनी आदेश दिँदा यी बाहुन राज्य सत्ताले ६ वटा प्रदेश सहितको संविधानको पहिलो ड्राफ्ट ल्याउदा मधेश लगायत पश्चिमका थारु आन्दोलन भयो तर सुर्खेतमा कर्णालीको नाउँमा बाहुन राज्यसत्ताले उस्काएको आन्दोलनलाई संबोधन गरी ७ वटा प्रदेश कायम गरियो ।
मधेस र थारुको आन्दोलनलाई दमन गरी ठिकान लगाउने काँग्रेस, एमाले र माओवादीले नीति अंगिकार गरे । यहाँबाट शुरु भयो मधेसको विरुद्ध नश्लवादी÷नश्लभेदी राज्यको चरित्र, किनभने कर्णालीको गोरो वर्णका स्वगोत्रीहरुले आन्दोलन गर्दा उनीहरुको माँग सम्बोधन हुने तर कालो वर्णका मधेसी थारुको माँगलाई सम्बोधन नगर्नुको मुख्य कारण एमालेको नश्लवादी सोच नै हो ।
एमाले नश्लवादको प्रमुख नाइके कसरी भए भने यसका शिर्ष नेताहरुको भनाई÷दृष्टिकोणबाट प्रमाणित हुन्छ । सर्बप्रथम झलनाथ खनालले भने–“नेपालमा मधेश छैन, यदि मधेश खोज्नु छ भने भारतको मध्य प्रदेश जानु पर्दछ । त्यस्तै वहाँले मधेश जतिलाई धोती प्रदेश बनाउनु पर्छ ।”
त्यस्तै केपी शर्मा ओलीले भने ‘भातरको युपी बिहारलाई मधेश बनाउ ।’ साथै मधेश आन्दोलन उत्कर्षमा चलिरहेका बेला मधेसी जनताले मधेसको सिमांकनकोलागि शहादत दिँदा ओलीले फेरी भने– दुईचार वटा आँप झर्दैमा केही हुँदैन ।” त्यस्तै आन्दोलनको क्रममा भएको मधेशी मानव साङ्गलोलाई माखे साङ्गलो भने ।
यसैगरी हालमा मधेशवादीदलहरुले असोज ३ गतेलाई कालो दिवस मनाउन गई राखेकोलाई ‘मधेसी जनता कालो वर्ण’ भएको सित एमाले नेता शंकर पोखरेलले यसलाई जोडि दिए । एमालेका यी तमाम भनाई अथवा दृष्टिकोणले एमाले नश्लभेदी हो भनी प्रमाणित गर्दछ ।
एमालेले सम्झेको तथाकथित राष्ट्रवादी सोचलाई भारतको विरुद्ध निर्माण भएको नीति ९कतचबतभनथ० हो, किनभने भारतीय विस्तारवादलाई विरोध गर्ने बहानामा नेपालका बामपन्थीहरुले जातिय राष्ट्रवाद (खस बाहुनवाद)को पृष्ठपोषण गरेको पाइन्छ । मधेशको भारतसँगको सांस्कृतिक समिप्यता र एक रुपताले गर्दा नेपालको राष्ट्रवादको मनोविज्ञानमा मधेस भारतको स्थानीय प्रतिनिधिको रुपमा अर्थाएको पाइन्छ । त्यसैले यहाँ राष्ट्रिय मनोविज्ञान (National Physchology)मा “मधेश भारतको स्थानीय प्रतिनिधि बुझाई छ” । मानसिक आघात र हिन भावनाले ग्रसित नेपाली राष्ट्रवादले भारतलाई ूइतजभचू मानेर आफ्नो राष्ट्रवादको संरचना गरेपनि तुलनात्मक रुपमा प्रभावशाली रहेका भारतलाई होच्याउन नसकेपछि मधेशलाई भारतको स्थानीय प्रतिनिधिको रुपमा होच्याएर आफ्नो हिनताबोधको अभिव्यक्ति गर्ने गर्दछ । यिनीहरुको मधेसी प्रतिको गर्ने व्यवहार उपल्लो जातले तल्लो जातलाई हेप्ने प्रवृति मात्र होइन कि यसमा वैमनष्य र प्रतिशोधको प्रवृति पाइन्छ ।
एमालेको दस्तावेज र आवरणमा वामपंथी राजनीतीक शक्ति भए पनि आजको दिन सम्म पहाडी ब्रह्मणहरुको पूर्ण नियन्त्रित रहको छ । संरचनागत हिसाबले यी बाहुनहरु पार्टीको होइन कि यिनीहरुले बाहुनवादलाई पनि पृष्ठपोषण गरेको पाइन्छ । जसमा आफ्नो जातिय अंहकार र जातिय श्रेष्ठता नैर्सगिंकरुपमा अभिव्यक्त हुने गर्दछ । यिनीहरुले आफ्नो संम्प्रदायिक मनोकाँक्षालाई राष्ट्रवादको रुपमा प्रचारित र प्रसारित गर्ने गर्दछन् । त्यसैले यो राष्ट्रवादमा मधेसी र जनजातिहरु प्रति आशंका र हेय दृष्टि पाइन्छ र स्वभाविक रुपमा एमालेको सांप्रदायिक राष्ट्रवाद सजिलै नश्लवादमा रुपान्तरित भई सकेको जो अहिले मधेशको प्रतिको भनाई र दृष्टिकोणबाट प्रमाणित हुन्छ ।
एमालेको राष्ट्रवादले चुनावी राजनीतिको मतदाता (पहाडका बाहुन, क्षेत्री लगायत जनजाति)को आधारलाई सुनिश्चित गर्न साम्प्रदायिक स्वार्थ र देशलाई केन्द्रित गरिहेका छन् । एमालेको राष्ट्रवादले देशको सम्पूर्ण हित भन्दा पनि आफ्नो चुनावी राजनीतिमा सफलताको लागि रणनीतिकरुपमा प्रयोग गर्ने मानसिकता पाइन्छ । एमाले जनद्वारा मधेसी समुदाय प्रतिको सार्वजनिक दुर्भावना मात्र भावनात्मक अभिव्यक्ति होइन कि उनीहरुको रणनीतिक चाल हो । राष्ट्रवादको नाउँमा÷आधारमा एमालेले नेपाली समाजको तिब्र विभाजन गर्न चाहन्छ र जसले उनीहरुलाई चुनावी राजनीतिमा स्पष्ट फाइदा पुगोस उनको मुख्य उद्देश्य रहेको छ ।
भर्ई रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतको भ्रमणलाई मधेशसँग जोडेर भारतको इशारामा संविधान संशोधन भई रहेको छ भनी साम्प्रदायिक पहाडे राष्ट्रवादको वकालत गरिरहेका छन् र भ्रमण सम्बन्धमा प्रचण्डलाई आफ्ना सुझाव मार्फत एमालेले धम्काई रहेका छन कि यदि प्रधानमन्त्रीले पहाडे राष्ट्रवाद विरुद्ध भारतसँग कुनै सन्धी÷सम्झौता ग¥यो भने ठीक हुँदैन । जसरी राजा महेन्द्रले कथाकथित नेपाली राष्ट्रवादलाई टिकाउन अथवा सत्तामा आफ्ना पकड मजबुत बनाउन चाइनाकार्डको प्रयोग गरेका थिए, ठीक त्यसरी नै एमालेले सो कार्डको प्रयोग पहाडे राष्ट्रवादको पृष्ठपोषण गरेर लामो समयमसम्म महेन्द्रको जस्तै आगामी चुनावलाई उपयोग गरेर नेपालको राज्यसत्तालाई आफ्नो हाथमा राख्न दिवा सपना देखिरहेका छन् । तर, यस्ता सांस्कृतिक राष्ट्रवादहरु फाँसीवादमा रुपान्तरण भएका विश्वका उदाहरणहरु छन्, नेपालको संदर्भमा एमालेको राष्ट्रवाद चुनावी रणनीति समान्यतया एकातिर राष्ट्रवादमा जबरजस्त रुपले साम्प्रदायिक एकता स्थापित गर्ने तत्व हुन् भने अर्को तिर त्यतिकै मात्रामा यसमा अलगाववाद र विखण्डनकारी तत्व पनि विद्यमान छ । तसर्थ यस्तो प्रकारको राष्ट्रवादले देशलाई गृहयुद्धमा धकेलि दिन्छ र त्यो देश विखण्डनको शिकार भएको दुनियाँको अनुभवले यस्तै भन्छ ।

लेखक बलराम यादव संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिका केन्द्रीय प्रवक्ता हुनुहुन्छ ।