• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मैथिलीको स्थान सुश्चित गराउन मिथिला पार्टी आवश्यक छः मिश्र

मैथिलीको स्थान सुश्चित गराउन मिथिला पार्टी आवश्यक छः मिश्र

लहान, २५ भदौ । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम् साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रले प्रदेशमा समेत मैथिली भाषा खतरामा पर्नसक्ने सम्भावना रहेको भन्दै यसकालागि मिथिला र मैथिलीकालागि काम गर्ने राजनीतिक पार्टीको आवश्यकता औंल्याएका छन् ।
सिरहाको लहानमा शनिवार आयोजित मिथिला स्टुडेन्ट युनियनको प्रथम वार्षिकोत्सव एवम् साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरामा जोड दिएका हुन् । मिथिला र मैथिलीको आफ्नै समृद्ध इतिहास, भाषा, संस्कृति रहेको भन्दै शाहवंशीय शासकवर्गले दमन शोषणको श्रृंखलाको शुरुवात गरेको तथा वर्तमान अवस्था समेत त्यो भन्दा फरक नरहेको बताउँदै उनले भने ‘वर्तमान अवस्थामा समेत मैथिली भाषामाथि ठूलो खतरा रहेको भन्दै यसकालागि सशक्त रुपमा आवाज उठाउन मिथिला पार्टीको आवश्यकता छ ।’2
साहित्यकार मिश्रले संघीयतामा २ नम्वर प्रदेशको कामकाजको भाषा मैथिली नै हुनुपर्ने पर्याप्त आधारहरु रहँदा–रहँदै सम्पर्क भाषाको नाममा हिन्दीलाई ल्याउनसक्ने खतरा रहेको उनले बताए । अधिकांश मधेशवादी दलहरु समेत मैथिलीलगायतका मातृभाषाको वकालत गर्नुको साटो हिन्दीको वकालत गरिरहेको बताउँदै उनले भने ‘निती निर्माणको तहमा मिथिला, मैथिलीप्रति निष्ठावान व्यक्तित्वहरुको पहुँच नभएसम्म यसको भविष्य सुनिश्चित हुनसक्ने अवस्था देख्दिन ।’
नेपाल सरकारको मैथिलीप्रतिको दृष्टिकोणबारे चर्चा गर्दै पूर्व प्राचार्य एवम् भाषा प्रशिक्षक मिश्रले मातृभाषामा पठनपाठन गराउन सरकारले नै नचाहेको बताउँदै उनले भने ‘म मैथिली पढाई उत्प्रेरक कार्यदलको सचिव हुँदा एक लाख पाठ्यपुस्तक माग गर्दा पाठ्यपुस्तक नै उपलब्ध गराएन् ।’ कक्षा ९ र १० मैथिली भाषालाई ऐच्छिकमा राखिए पनि मैथिली पढ्ने विद्यार्थीले ऐच्छिक गणित रोज्न नपाउने अवस्था रहेको प्रष्ट पार्दै मातृभाषामा पठनपाठनलाई प्राथमिकताकासाथ लागु गराउन मैथिलीकर्मी अझ सजग हुनुपर्नेमा मिश्रले जोड दिए ।1
मैथिली जिन्दावाद डट्कम अनलाइनका सम्पादक एवम् मैथिली अभियानी प्रविणनारायण चौधरीले मल्लकालिन समयमा मैथिली राजकाजको भाषा भएको चर्चा गर्दै वर्तमान अवस्थामा यो भाषामाथि चरम दमन गर्ने षडयन्त्र भईरहेको बताए । मैथिली भाषा, साहित्य एवम् संस्कृतिको संरक्षण सम्वद्र्धनकालागि युवावर्ग सशक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मैथिली साहित्य परिषद्का सचिव एवम् ‘न्यूज टुडे’का सम्पादक श्यामसुन्दर यादवले मैथिली भाषा, एवम् संस्कृति संरक्षणकालागि युवावर्ग अगाडि आउनुले मैथिलीको सुनौलो भविष्यको शंकेत गरिरहेको बताए । स्थानीय एफएम, अनलाइन, सामाजिक सञ्जाललगायतको माध्यमले भाषाको प्रवद्र्धनमा व्यापक सहयोग भईरहेको भन्दै उनले अत्यधिक चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । 6
कार्यक्रममा रेडियो सरगम एवम् मधेश स्पेशलका सञ्चालक फिरोज सेख, प्रा. हिरालाल कर्ण, भरत साह, पत्रकार एवम् साहित्यकार जिबछ उदासी, गीतकार अर्जुन प्रसाद गुप्ता दर्दिला, पत्रकार दिनेश्वर गुप्ता, गजलकार शम्भु श्री, रेडियोकर्मी भैरव गेलाल, हर्कनारायण विश्वास, प्राध्यापक अलख नारायण मिश्र, मिथिलाक अनुपमन डेगका संस्थापक निराजन झालगायतले शुभकामना मन्तव्य व्यक्त गरे । युनियनका अध्यक्ष दिनेश रसियाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य गायत्री सिंह, स्वागत गान तेजु मैथिल, जाबेद अलि, सृजना घिमिरे, ज्योति वि.क. लगायतले प्रस्तुत गरे, कार्यक्रम सञ्चालन युवा साहित्यकार विद्यानन्द वेदर्दीले गरे । सोही अवसरमा कार्यक्रमका अतिथिसहित विशिष्ठ व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको छ ।4
यसैगरी कार्यक्रमको दोश्रो सत्रमा देवेन्द्र मिश्र, प्रविण नारायण चौधरी, श्यामसुन्दर यादव, गायत्री सिंह, गजेन्द्र गजुर, अर्जुन प्रसाद गुप्ता दर्दिला, हृदयनारायण यादव, सुरेश प्रसाद सिंह, रामकुमार मण्डल, अलख नारायण मिश्र, शम्भु श्री, विद्यानन्द वेदर्दी, हिरालाल कर्णलगायतले साहित्यिक रचना प्रस्तुत गरे । सोही कार्यक्रममा तेजु मैथिल र सावन कुमार यादव गीत प्रस्तुत गरे ।
यसैगरी मिस्युको बन्द सत्रले नयाँ कार्य समिति चयन गरेको छ । हृदय नारायण यादवको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा तेजु मैथिल, सचिवमा गजेन्द्र गजुर, सह–सचिवमा संगिता साह र कोषाध्यक्षमा गायत्री सिंह चयन भएका छन् । समितिको सदस्यमा सरोज कुमार चौधरी, शिवशंकर गुप्ता, ज्योति विक, जाबेद अली, सुखसागर साह लगायत रहेका छन् ।7

8