• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हनुमानगरमा शुरु भयो पशुहाट

अरुणकुमार यादव

राजविराज २४ भदौ । सप्तरीको हनुमानगर योगिनीमाई नगरपालिकाको वडा नम्वर–६ मा शुक्रवारदेखि पशुहाट सञ्चालन भएको छ ।
नगरपालिकाले आयोजना गरेको पशुहाटमा पहिलो दिन बिभिन्न क्षेत्रबाट करिब १५ सय गाई, गोरु, भैसी र बाछाबाछी हाटमा खरिद बिक्रीकालागि आएको नगरपालिका पशु हाट व्यवस्थापन समितिका संयोजक हेमन्त जैनले बताए । करिब १५ कठा क्षेत्रफलमा पशुहाट सुरु गरिएको उनले जानकारी दिए ।
नगरपालिका र स्थानियबासीन्दाको निजी जग्गामा सुरु गरिएको सो पशुहाटमा सप्तरी, सनसरी र नेपाल तथा भारत सिमाक्षेत्रका मधुवनी, सुपौल र अररिया जिल्लाका पशुब्यवसायीहरु खरिदबिक्रीकोलागि आउने अनुमान गरिएको छ । प्रत्येक हप्ताको शुक्रवार लाग्ने हाट बजारकाकारण चहलपहल बढनुको साथै ब्यवसायिक कारोवार बढ्ने समितिका संयोजक जैनले बताए ।