• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विभिन्न रोगको उपचार गर्ने नक्कली भारतीय डाक्टर पक्राउ

विभिन्न रोगको उपचार गर्ने नक्कली भारतीय डाक्टर पक्राउ

सिरहा, २२ भदौ । सिरहाको गोलवजार नगरपालिका वडा नम्वर–६ स्थित नारायण साहको घर भाडामा लिई बिना ईजाजत तथा प्रमाण पत्र समेत नभएका थप एक जना डाक्टर पक्राउ परेका छन् ।
कक्षा ७ सम्मको अध्ययन पुरा गरी बिना योग्यता सर्बसाधारण जनतालाई डाक्टर हँु भनी भ्रममा पारी मोटो रकम लिई विभिन्न रोगको ईलाज गर्दैआएका डा.बि.वालालाई प्रहरीले पक्राउ गरेको हो । हाईड्रोसिल, हर्ष वावासिर, भोकन्दरसमेतको उपचार गर्न क्लिनिक सञ्चालन गर्दै आएका भारतको जलपाईगुडी उत्तरखालपडा पञ्चायत मालबजार थाना पश्चिम बङ्गाल घर भएका २६ वर्षिय मन्तोष मण्डल पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय गोलवजार सिरहावाट कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले निजले सञ्चालन गर्दै आएको उचित शैय्या समेत नरहेको डा.बि.वालाको क्लिनिकबाट औषधी लगायतका सामाग्री समेत वरामद गरी ठगी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । एक साताअघि मात्र समेत एक जना नक्कली डाक्टर सिरहाबाटै पक्राउ परेका थिए ।