• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कक्षा ६ मात्र पढेका भारतीय नक्कली डाक्टर पक्राउ

कक्षा ६ मात्र पढेका भारतीय नक्कली डाक्टर पक्राउ

राम नारायण पंडित, सिरहा, १६ भदौ । अबैध रुपमा क्लिनिक सञ्चालन गर्दैआएका भारतीय नक्कली डाक्टरलाई विहीवार सिरहा प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको गोलबजार–४ स्थित मजेवुल अन्सारीको घर भाडामा लिएर अबैध रुपमा क्लिनिक सञ्चालन गर्दैआएका भारतीय नक्कली डाक्टरलाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला सोनामती पञ्चायत घर भएका रामजी दास रहेका छन् ।
योग्यता बिना नै सर्वसाधारणलाई डाक्टर रहेको भन्दै उनले क्लिनिक सञ्चालन गरेर मोटो रकम लिई हाइड्रोसिल, वावासिर, भोकन्दरसमेतको उपचार गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका दाससँग क्लिनिक सञ्चालनकोलागि आवश्यक कुनै इजाजत पत्र नरहेको तथा उनले कक्षा ६ सम्मको अध्ययन मात्र गरेको पाईएको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनले सञ्चालन गर्दै आएको क्लिनिकबाट औषधिलगायतका मेडिकल सामग्रीहरु समेत बरामद गरेको छ । पक्राउ परेका दासको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।