• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा प्रेस सेन्टरको समानान्तर समिति गठन

सप्तरीमा प्रेस सेन्टरको समानान्तर समिति गठन

राजविराज, ६ भदौ । प्रेस सेन्टर नेपाल सप्तरीको सोमवार छुट्टा–छुट्टै कार्य समिति गठन गरिएको छ । एक पक्षले प्रेस सेन्टरको अध्यक्षमा गोपाल प्रसाद गुप्तालाई चयन गरेको छ भने अर्को पक्षले राजु विश्वकर्मालाई निरन्तरता दिएको छ । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् सप्तरी जिल्ला क्षेत्र नम्वर–२ का सांसद अशोक कुमार मण्डल ‘अमर’, नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक कमिटी सदस्य तथा पूर्व नेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज देवनाथ यादव, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वनेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादव साथै प्रेस सेन्टर नेपाल प्रदेश नम्वर २ का ईन्चार्ज एस.बी.थापा मगर, संयोजक देवराम यादव र सह–संयोजक हिरालाल चौधरीको उपस्थितिमा प्रेस सेन्टर नेपाल सप्तरी शाखाको अध्यक्षमा गुप्तालाई चयन गरेको जनाईएको छ ।
गुप्ताको नेतृत्वमा गठित समितिको बरिष्ठ उपाध्यक्षमा डम्बर राई, उपाध्यक्षमा विन्दु यादव, उपाध्यक्षद्वयमा अमिर नारायण यादव, महेश यादव, सचिवमा दिनानाथ यादव, सह–सचिवमा भूपेन्द्र प्रसाद मण्डल र कोषाध्यक्षमा मञ्जु यादवलाई चयन गरेको छ । सदस्यहरुमा जिवछ दास, राम अवतार यादव, कल्पना यादव, जितेन्द्र प्रसाद गुप्ता, जिवछ यादव, प्रमोद यादव, शुभनारायण मालाकार, त्रिभुवन यादव, शिवकुमार यादव, प्रमेश्वर मण्डल र मनोज कुमार यादव रहेका छन् ।
यसैगरी सल्लाहकारमा सुरेन्द्र प्रसाद गुप्ता, महेन्द्र मण्डल ‘बनबारी’ र भगवती यादवलाई चयन गरिएको प्रेस सेन्टर प्रदेश नम्वर २ का संयोजक देवराम यादव र ईञ्चार्ज एस.बी. थापामगरद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नम्वर २ को लेटर प्याड अनधिकृत रुपमा प्रयोग गरी प्रदेश नं. २ का सह–संयोजक रहेका राजु विश्वकर्माले आफ्नै अध्यक्षतामा पार्टी र संगठनको नीति विपरीत नयाँ कार्य समिति गठन गरिएको भनी विज्ञप्ति जारी गरेकाले उक्त संगठन (कार्य समिति) प्रेस सेन्टर नेपालको आधिकारिक सङ्गठन नरहेको विज्ञप्तिमा उल्लेख छ ।
यता २ नम्बर प्रदेशका सह–संयोजक राजु विश्वकर्माले आफ्नै अध्यक्षतामा समिति गठन गरेको जनाएका छन् । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य एवम् सप्तरी क्षेत्र नम्बर ३ का संयोजक भागवत यादवको विशेष आतिथ्य र नेकपा माओवादी केन्द्रका नेता तथा अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय सचिव केदार देवको उपस्थितिमा नयाँ कार्यसमिति गठन गरिएको जनाईएको छ । समितिको उपाध्यक्षहरुमा अरुण कुमार तिवारी, दिपेन्द्र प्रसाद यादव, कमानन्द माझी, श्यामसुन्दर यादव, सचिवमा विद्यानन्द राम, सह–सचिवमा ओमप्रकाश यादव र कोषाध्यक्षमा ऋषिकेश आचार्य रहेका छन् ।
सदस्यहरुमा रामनाथ यादव, देवनारायण यादव(देबु), मो. सलाउदीन, सन्तोष कुमार यादव, रमण कुमार देव, ऋचा कुमारी र जयप्रकाश चौधरी रहेको जनाईएको छ ।