• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रहरीको सक्रियतामा अपहरित बालिका सकुशल मुक्त

प्रहरीको सक्रियतामा अपहरित बालिका सकुशल मुक्त

राजविराज, २ भदौ । अपहरण भएको २० घण्टाभित्र सप्तरी प्रहरीले अपहरित बालिकालाई सकुशल मुक्त गराउन सफल भएको छ ।
सप्तरीको नर्घो गाउँ विकास समितिको वडा नम्वर–६ बाट अपहरणमा परेकी सात वर्षिया बालिका सन्तोषी मण्डललाई विहीवार प्रहरीले मुक्त गराउन सफल भएको हो । बुधवार बेलुकी ४ बजेको समयमा अपहरणमा परेकी बालिकालाई नेपाल–भारत सिमानाबाट करिब १२ किलोमीटर दक्षिण भारतको लौकही थाना अन्तर्गत करियौत ग्राम पञ्चायतबाट सादा पोशाकमा खटिएको प्रहरी टोली मुक्त गराउन सफल भएको प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिए ।
प्रहरी उपरीक्षक भीम प्रसाद ढकालको कमाण्डमा ईलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी झुटकी समेतबाट परिचालित प्रहरी टोलीले उद्धार गरेका छन् । अपहरण मुक्त गरिएका बालिका मण्डललाई अभिभावकको जिम्मा लगाईएको छ । अपहरणमा संलग्न फरार व्यक्तिहरुको समेत पहिचान भइसकेकोले खोजतलास तीब्र पारिएको उनले बताए ।