राजविराज, १ भदौ । मधेशी मोर्चा सप्तरीद्वारा शहीद राजीव राउतसहितका शहीदहरुको स्मृतिमा बुधवार भारदहमा श्रद्धाञ्जली सभाको आयोजना गरियो ।
सभालाई सम्वोधन गर्दै सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले मधेशको माग पुरा नभएसम्म सरकारमा नजाने बताएका छन् । शहीदहरुको सपनालाई साकार पार्न जस्तोसुकै संघर्ष गर्न आफूहरु तयार रहेको बताउँदै उनले भने ‘शहीदहरुको बलिदानीलाई खेर जान नदिन हामीहरु सचेत भएर संघर्ष गरिरहेका छौं ।’
श्रद्धाञ्जलीसभामा सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंह, सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय दिनेश यादव, दिपेन्द्र चौधरीलगायत मोर्चा सम्वद्ध जिल्ला अध्यक्षहरुले समेत मन्तव्य व्यक्त गरे । सोही अवसरमा तेस्रो मधेश आन्दोलनका शहीद परिवारलाई सम्मान गरेको छ ।