वीरगञ्ज, १ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शंसोधन प्रस्ताव पारित नभएसम्म संविधान कार्यान्वयन नै नहुने दावी गरेका छन् ।
संघीय समावेशी गठबन्धनले मङ्गलवार हेटौडामा आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनका अध्यक्ष समेत रहेका नेता यादवले संविधान संशोधनले मुलुकलाई निकास दिने र शंसोधन नभए मुलुक अशान्ति तथा आन्दोलन तर्फ जाने भएकाले अब काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताले नै बाटो रोज्ने बेला आएको प्रस्ट पारे । संविधान शंसोधन नभएसम्मा मुलुकमा कुनैपनि निर्वाचन गर्न नदिने दावी गर्दै अध्यक्ष यादवले सामावेशिता, संघीयता प्रान्त र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको टुङ्गो नलागेसम्म पुर्नसरचनाको औचित्व नै नरहेकाले स्थानिय निकायको निर्वाचन औचित्वहिन हुने बताए ।
अपाङ्ग र विभेदकारी रहेको संविधान संशोधन नभए जनताले यो संविधानलाई फ्याकेर बाटोबाटै आफनो संविधान आफै घोषणा गर्ने अध्यक्ष यादवले चेतावनी दिए । मोर्चा र माओवादी केन्द्र बीच भएको तीन बुन्दे सहमती अनुसार मोर्चाले आप्mनो तर्फको दायित्व पुरा गरेको बताउदै अध्यक्ष यादवले अब संविधान संशोधन गरी मधेसी जनजाती र विभेदमा पारिएकाको अधिकार संविधानमा समावेश गराउने सरकारको दायित्व बाँकी रहेको जानकारी दिए । उनले विगतमा भएका सहमती पुरा नभएको कटु यथार्थबाट पाठसिक्दै हालका सहमती पुरा हुनेमा आफुहरु सशंकित रहेको टिप्पणी गरे ।
माओवादी केन्द्र र काँग्रेसले दर्ता गराउने शंसोधन प्रस्तावलाई पारित गर्न बखेडा झिके जनताले आउने चुनावमा एमालेलाई दण्डीत पार्ने अध्यक्ष यादवले बताए । उनले शंसिधान शंसोधनले नै मुलुकलाई निकास दिने भएकाले एमाले जन विरोधी भए संविधान शंसोधनकोबाधक बन्ने नभए सहज रुपमा संशोधन प्रस्ताव पारित गर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले आफुलाई ठुलो राष्ट्रवादी बताउने एमालेले देशमा विभेदको ठुलो खाडल बनाएको आरोप लगाउनु भएको छ । उहाँले अन्धा राष्ट्रवादको नारा लगाउदै अधिकारकालागि सडक संघर्षमा उत्रिएका मधेशी, जनजाती, दलित र विभेदमा पारिएकालाई पहाडे समुदाय बीच खाडल निर्माण गर्ने काम गरेको बताए ।
मधेस आन्दोलनलाई सम्बोधन नगरेसम्म मुलुकले गती नलिने निश्चित भएपनि मधेसीका मागलाई साम्बोन गर्न आनाकानी गर्ने राष्ट्रका शत्रु भएको टिप्पणी गरे । मुलुकको गतीलाई रोकेर जनता जनता बीच विभेद कायम गरी सत्ता टिकाउने खेलको अन्त हुनका लागि पनि आन्दोलन माग सम्बोधन हुनु आवश्यक रहेको बताए ।
ताम्सालिङ्ग संघर्ष समितिका संयोजक जय गोलेको अध्यक्षतममा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमा फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, मोर्चाका नेताहरु पेम्बा छिरिङ्ग, दानबहादुर विश्कर्मा, प्रेमधोज तामाङ, सलाउद्दिन अहम्मद, रामबाबु यादव लगायतले मन्तव्य व्यक्त गरे ।