• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकारी क्याम्पसमा विद्यार्थी घट्नुमा क्याम्पस प्रशासन जिम्मेवारः पूर्व शिक्षामन्त्री यादव

सरकारी क्याम्पसमा विद्यार्थी घट्नुमा क्याम्पस प्रशासन जिम्मेवारः पूर्व शिक्षामन्त्री यादव

राजविराज, ३२ साउन । सङ्घीय समाजवादी फोरम नेपालकी वरिष्ठ उपाध्यक्ष समेत रहेकी पूर्व शिक्षा मन्त्री रेणुकुमारी यादवको देशको शिक्षा निती र सरकारी क्याम्पसको व्यवस्थापन लापर्वाहीले पुराना क्याम्पसहरुमा विद्यार्थी घट्दै गएको बताएका छन् ।

राजविराजमा मङ्गलवार शिक्षाप्रेमी स्वर्गीय विन्देश्वरी प्रसाद यादवलाई स्मरण गर्दै ६० औं क्याम्पस स्थापना दिवसका अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो कुरा बताएका हुन् । क्याम्पसमा राजनीति हावी हुँदै गएकोले पठन–पाठनभन्दा पनि शिक्षक विद्यार्थी राजनितिमा सक्रिय भएका कारण क्याम्पसको पठन पाठन प्रभावित भएको उनले बताइन् । ‘जवसम्म शिक्षकले पढाउदैन्न विद्यार्थी पढदैनन् कसरी शिक्षाको स्तर बढ्छ?’ प्रश्न गर्दै उनले भनिन् ‘अवदेखि दाता परिवारको हैसियतले दुई–तीन महिनामा क्याम्पस आएर क्याम्पसका समस्याका विषयमा छलफल गर्ने र समाधान खोज्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख डा. सुनिलकुमार झाले शिक्षकले शिक्षक भएर काम गरौं, आफुले आफैलाई सुर्धायो भने पठन पाठनमा स्तरीयता आउने बताए । प्राध्यापक त्रिपुरारी शरणले क्याम्पसको विकासमा सवै पक्ष एक भए मात्र क्याम्पसमा अनुशासन कायम हुने र अनुशासनले नै सवै पक्षलाई सुर्धाने बताए ।
राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले क्याम्पसको विकासमा सवै पक्ष इमान्दार हुनुपर्ने वताउदै गुणस्तरीय शिक्षाका लागि अनुशासन आवश्यक भएको बताए । क्याम्पस प्रमुख डा. श्रर्वेश चन्द्र मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राध्यापक दयानन्द मिश्र, प्राध्यापक लक्ष्मीलाल चौधरी, सह–प्राध्यापक युगेश्वर लाल दास, पूर्व क्याम्पस प्रमुख चिरञ्जीवी लाल देव, सह–प्राध्यापक शिवनारायण यादव, प्रजातान्त्रिक प्राध्यापक संघका शेखर सिंह, राष्ट्रिय प्राध्यापक संघका पञ्चदेव यादव, प्राध्यापक संघ ईकाईका हेमकुमार मिश्र, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य विनयलाल कर्ण, नागरिक समाजका अगुवा थानसिंह भन्साली, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, स्वतन्त्र विद्यार्थी युनियनका तारकेश्वर यादव, कर्मचारी संघका चन्देश्वर प्रसाद यादव लगायतका वक्ताले क्याम्पसको पठन पाठन सुधार्नुपर्नेमा जोड दिए ।
सोहि कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले पान खाने पैसाबाट आमाको नाममा स्थापित लक्ष्मीदेवी भट्टराई स्मृति छात्रवृति नेपाली विषय लिएर स्नातक द्वितीय वर्षमा अध्ययनरत सन्दीप मण्डल तथा छात्रा वन्दनाकुमारी चौधरी र मैथिली विषय लिएर अध्ययनरत स्नातक तृतीय वर्षका छात्र दिपेन्द्रकुमार चौधरीलाई पूर्व शिक्षा मन्त्री रेणुकुमार यादवले पुरस्कार हस्तातरण गरेका छन् ।
यस्तै प्राध्यापक अमरकान्त झाद्वारा स्थापित मंगलादेवी स्मृती छात्रवृति दिपेन्द्रकुमार चौधरीले प्राप्त गरेका छन् । सह–प्राध्यापक पञ्चदेव यादवले आमाको स्मृतिमा स्थापित कारोदेवी यादव स्मृति पुरस्कार पंकजकुमार सिंह र रुपेशकुमार साहले प्राप्त गरेका छन् ।
सह–प्राध्यापक हेमकुमार मिश्रद्वारा स्थापित जगदानन्द रेणु मिश्र स्मृति पुरस्कार श्यामप्रकास साह र अनु ठाकुरले प्राप्त गरेका छन् । यसैगरी, शिक्षक रामअषिश यादवले स्थापित गरेको खुशीलाल यादव स्मृति पुरस्कार खेमबहादुर तुलाङी र मालती कर्णलाई प्रदान गरिएको छ ।
पूर्व सहायक क्याम्प्स प्रमुख देवनारायण यादवद्वारा सुगिया देवी यादवको स्मृतिमा स्थापित पुरस्कार पवनकुमार यादवले प्राप्त गरेका छन् । त्यस्तै स्थानिय शिक्षाप्रेमी थानसिंह भन्सालीद्वारा स्थापित धनराज भन्साली स्मृति पुरस्कार व्रजमोहन अधिकारी र रामनन्दन मण्डलले प्राप्त गरेका छन् । मुख्य कार्यालय सहायक विवेकानन्द मिश्रद्वारा स्थापित दादादादी स्मृति पुरस्कार नविन केशव दासले प्राप्त गरेका छन् ।
शिक्षक धनेश्वर यादवबाट स्थापित वुवाआमा स्मृति पुरस्कार गायत्री कुमारी साहले प्राप्त गरेकी छिन् । सह–प्राध्यापक भुवनहरि कोइरालाद्वारा स्थापित पदम निर्माण पत्रकारीता पुरस्कार विनयकुमार कर्णले प्राप्त गरेका छन् । यस्तै, सह–प्राध्यापक राजीव मिश्र, संजिव मिश्र र राजीव मिश्रद्वारा स्थापित यशोदानन्द स्मृति पुरस्कार विनयकुमार लाल कर्ण र सुनिताकुमारी यादवले प्राप्त गरेका छन् । स्नातउत्तर तहमा अध्ययनरत छात्र सुनितकुमार ‘मुन्ना’द्वारा स्थापित कुमुदचन्द्र मिश्र स्मृति पुरस्कार अर्थ शास्त्रका रविकुमार रायले प्राप्त गरेका छन् । मुख्य कार्यालय सहायक रविकुमार रायद्वारा स्थापित अगमलाल तेतरीदेवी स्मृति पुरस्कार सुमित मास्केले प्राप्त गरेका छन् ।

५९ वर्ष अघि सप्तरीका खडगपुर निवासी स्व. यादवले एक सय १७ विघा ६ धुर जग्गा र १० हजार नगद प्रदान गरि महेन्द्र विन्देश्वरी क्याम्पसको स्थापना गरेका थिए । २०१३ सालमा स्थापना भएको क्याम्पस नेपालका पुराना क्याम्पसहरुमध्ये एक हुन् ।